अन्याय भयो भन्दै प्रचण्ड सर्वोच्च अदालतमा
पुनरावलोकनको निवेदन लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खरै सर्वोच्च अदालत पुग्नुभएको छ ।
नेकपाको एकता बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) कायम गर्ने सर्वोच्चको फैसला पुनरावलोकनको मागसहित प्रचण्डलगायतका नेताहरु अदालत पुग्नुभएको हो ।
नेकपाको नामसम्बन्धी परेको मुद्धामा सर्वोच्चले निवेदकको माग दावी विपरितको फैसला गरेको भन्दै माओवादी केन्द्रले पुनरावलोकनमा जाने निर्णय यसअघि नै गरेको थियो । माओवादीले फैसला राजनीतिक प्रकृतिको भएकाले असहमति राख्दै कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
गत फागुन २३ गते सर्वोच्चले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक मान्दै प्रचण्ड-ओली नेतृत्वको नेकपालाई अवैधानिक ठहर गरेको थियो । फैसलापछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएका छन् । उक्त मुद्दाका चार विपक्षीमध्येका एक प्रचण्ड आफैँ अदालत जानुभएको हो ।
टिप्पणीहरू