दुई वर्षको तक्मा एकैचोटी दिइने
सरकारले अघिल्लो वर्ष र यो वर्ष घोषणा गरेको मान,पदवी र अलंकार केही दिनको फरकमा वितरण गर्ने भएको छ ।
राष्ट्रपति कार्यालय,शीतल निवासमा आयोजना गरिने विशेष कार्यक्रमवीच २०७६ र २०७७ बैशाख १ गते घोषणा गरिएका मान,पदवी र अलंकार वितरण गर्ने कार्यतालिका बनाइएको बताइएको छ ।
कोरोना महामारीको कारण गत वर्ष चैत ११ गतेदेखि घोषणा गरिएको बन्दाबन्दीको कारण पदक वितरण कार्यक्रम रोकिएको थियो । २०७६ वैशाखमा घोषणा गरिएकालाई एक वर्षपछि २०७७ बैशाख १ गते र सोही दिन घोषणा गरिएकाहरूलाई २०७८ बैशाख १ गते प्रदान गर्ने कार्यक्रम थियो । तर,कोभिड–१९ को कारण गत बैशाखमा वितरण गरिएको थिएन ।
त्यहि रोकिएको मान,पदवी र अलंकारमध्ये २०७७ बैशाखमा घोषणा भएकालाई २०७८ बैशाख १ गते र अघिल्लो वर्ष घोषणा गरेकालाई आगामी चैत २७ गते वितरण गर्ने कार्यक्रम बनाइएको छ ।
स्रोतका अनुसार २०७६ मा कूल ६ सय ३६ जनाले मान,पदवी र अलंकार पाएका थिए भने ४ सय ५० ले पदक पाएका हुन् । त्यसैगरी २०७७ मा ५ सय ९३ जनाले मान, पदवी र अलंकार पाएका थिए । तीमध्ये ४ सय ५२ जनाले पदक पाएका हुन् ।
टिप्पणीहरू