सरकारको निर्देशन उदयपुरमा लागू भएन

सरकारको निर्देशन उदयपुरमा लागू भएन

संघीय सरकारले वायुप्रदुषणको कारण जनाउँदै आजदेखि चार दिन मुलुकभरका शैक्षिक संस्थामा बिदा दिने निर्णय गरे पनि उदयपुरको बेलका नगरपालिकाले भने उक्त निर्णयको अवज्ञा गरेको छ ।

बेलका नगरका प्रमुख दुर्गाकुमार थापा (स्वस्ति) ले संघीय सरकारले भने जस्तो जोखिम नभएकोले वायुप्रदुुषणको बिदा आफ्नो नगरभित्र लागू नहुने जानकारी गराएका छन् ।

यसले गर्दा नगरभित्रका डेढ दर्जन शैक्षिक संस्था सदाझैँ खुलेका छन् । यसैगरी उदयपुरका चौदण्डीगढीका विद्यालयहरू पनि खुलेका छन् ।

टिप्पणीहरू