२३ गते नजिकिँदा नेपाली काङ्ग्रेस सरकार फेर्नतिर जाला ?
आज दिउँसो २ बजेदेखि महाधिवेशन कार्यतालिका तय गर्ने नाममा जुटेका काङ्ग्रेस नेताहरु ओली सरकारको बिस्थापनतिर केन्द्रित भएका छन् ।
सर्वोच्च अदालतको २३ फागुनको एमाले,माओवादी ब्युँताउने र यी दुई पार्टी मिलेर तीन बर्षअगाडि गठित नेकपा सिध्याउने निर्णयलगत्तै सरकार गठनसम्बन्धी संवैधानिक प्रावधान (धारा ७६ का विभिन्न उपधारा) आकर्षित हुन पुगेपछि ओली सरकारले तीस दिनभित्र बिश्वासको मत लिनुपर्ने पेचिलो प्रश्नवीच चैत्र २३ आउन अब तीन दिन मात्र बाँकी छ । यही पृष्ठभूमिमा आज दिउँसोदेखि काङ्ग्रेस नेताहरु बसेका हुन् ।
अनौपचारिक उक्त भेलामा नेताहरुवीच जमेर बिबाद भएको श्रोत बताउँछ । प्रमुख प्रतिपक्षले समसामयिक राजनीतिमा केही नबोल्ने,महाधिवेशनको तयारीका नाममा आन्तरिक कुरामा मात्र अल्झिने ? भन्ने कोणबाट शुरुमै दह्रो प्रश्न सभापति देउवातिर तेर्सिएको थियो ।
नेता अर्जुननर्सिङ केसीले भने-“निर्वाचनको तयारी पनि गरौंला तर ओलीले गराउने निर्वाचन स्वच्छ,निस्पक्ष हुन्छ कि राज्यसत्ता कब्जा हुन्छ ?” रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले प्रष्टसङ्ग अविश्वास प्रस्ताव लिएर जाऊँ भनेको उक्त भेलामा जसपा र माओवादी मिलेर सरकार बनाउन्,हामी बाहिरबाट समर्थन गरौं या सबैलाई मिलाएर सरकार निर्माणको निम्ति आफै पहल गरौं ।
हामी सत्ताको लोभी हैनौँ तर लोकतान्त्रिक विधि मिचिएको पनि हेर्न सक्दैनौं भन्ने कतिपय नेताको अडान थियो । अन्ततः काङ्ग्रेस ओली सरकारविरुद्ध अबिश्वास ल्याउन तयार भएको बुझिएको छ !
टिप्पणीहरू