एक महिनाभित्र एमाले विभाजनको खतरा
नेकपा एमाले (नेपाल -खनाल) पक्षको आन्तरिक छलफल कार्यक्रम काठमाडौं महानगरपालिका वडा नम्बर १४ लाम्पाटीस्थित मेगा पार्टी प्यालेसमा शुरु भएको छ ।
बरिष्ठ नेता माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य,पूर्वमन्त्री भीम रावल,घनश्याम भुषाल,योगेश भट्टराई,गंगालाल तुलाधर,अमृत बोहोरालगायत बैठकमा उपस्थित हुनुहुन्छ ।
यो खेमाले अवधारणा पत्र देशभर वितरण गरी आफ्नो पक्षलाई एकीकृत राख्ने र एक महिनामा नयाँ साङ्गठानिक ढाँचा तयार गर्ने सम्भावना रहेको बताइन्छ ।
यसअघि आजै १५ वडा डल्लुस्थित प्रखर बिद्वान डा.महेशराज पन्तको निवासमा रहेको निजी पुस्तकालय अवलोकनको लागि रास्ट्रपति बिध्यादेवी भण्डारी जाने क्रममा नजिकै पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवासमा पसी उहाँको स्वास्थ्य खबर बुझ्नुभएको थियो ।
टिप्पणीहरू