कोही एक्लै हान्ने,कोही अरुका मात्रै कुरा सुन्ने

कोही एक्लै हान्ने,कोही अरुका मात्रै कुरा सुन्ने

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई तत्काल कारबाहीस्वरुप निलम्बन गर्नुभएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेबाट नरम खालको जवाफ आउनसक्ने अपेक्षा राख्नुभएको थियो । तर,चार जनामध्ये सबैभन्दा मिलाइ मिलाइ भुसालले जवाफ दिनुभएको पार्टीभित्र चर्चा हुन थालेको छ ।

उनीहरूले नेताहरूको स्पष्टीकरण नै आगामी दिनमा पार्टी विभाजनको दस्तावेज हुनसक्ने हिसाबले बुझेर त्यसो भनेको बताइन्छ । उहाँहरूमाथि दुई दिनअघि नै कारबाही हुने संकेत संसदीय दलको बैठकमा ओलीले दिइसक्नुभएको थियो । एमालेका एकजना नेता भन्नुहुन्छ ‘उहाँको नियत मात्र हैन कारबाही नियम र प्रक्रियासंगत समेत छैन ।’

विधानतः केन्द्रीय कमिटीको बैठक नबसी कुनैपनि पदाधिकारीालई निलम्बन गर्न मिल्दैन । कम्युनिष्ट पार्टीमा कमिटीले निर्णय गर्नुपर्ने भएकाले उक्त निर्णय कुन कमिटीबाट गराइएको हो भन्ने प्रश्न उठेको छ । उनै नेताका अनुसार कम्युनिष्ट पार्टीमा कसैलाई पनि अवशिष्ट अधिकार हुँदैन । अहिलेको कारबाही हुकुमी शैलीको भएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ ‘कम्युनिष्ट पार्टीमा यति ठूलो निर्णय व्यक्ति एक्लैले गर्नु अचम्म हो ।’ती नेताको भनाइ छ-एमालेमा ओली कसैको कुरा नसुनी ड्याङ्ग ड्याङ्ग हान्नुहुन्छ,उता माधव अरुको कुरा नसुनी पाइला सार्नुहुन्न !

टिप्पणीहरू