विभेद अन्त्य गर्ने हामी मात्रै हौं : रकम चेम्जोङ
जनता समाजवादी पार्टी (जसपा) को भातृ संगठन लिम्बुवान राष्ट्रिय सम्पर्क समितिको आयोजनामा काठमाडौंमा पाँचथर र ईलाम जिल्ला सम्पर्क समितिको समायोजन तथा नव प्रवेशीहरूलाई स्वागत कार्यक्रम गरिएको छ ।
कार्यक्रममा पूर्व शान्तिमन्त्री तथा उक्त पार्टीका नेता रकम चेमजोङले पार्टी प्रवेशीलाई स्वागत र सम्पर्क समितिलाई सफलताको शुभकामना दिएका छन् ।
मन्तव्यको क्रममा उनले जसपा काँग्रेस र कम्युनिष्टभन्दा फरक पार्टी रहेको व्याख्या गरेका थिए । उनको धारणा थियो ‘काँग्रेसले विभेदलाई कायम राख्दै शासन गर्यो भने माओवादीले बन्दुक बोकाउञ्जेल जातीय र वर्गीय कुरा गरे पनि सत्तामा गएपछि ती सबै प्रतिबद्धतालाई बिर्सिए ।
अहिले आदिवासी जनजातिहरू हक र अधिकारबाट वञ्चित भएकाले उनीहरू झन् उपेक्षित भएका छन् ।’ उनले ती सबै विभेद हटाउन जसपाबाहेक मुलुकमा अर्को राजनीतिक पार्टी नभएको दाबी समेत गरेका छन् ।
टिप्पणीहरू