पत्रकारमा टिकट बाँड्दा पो मीठो स्वाद !

पत्रकारमा टिकट बाँड्दा पो मीठो स्वाद !

पत्रकार महासंघको आगामी बुधबार २५ गते हुने निर्वाचनसँगै उम्मेदवारको टिकट बिक्रीका आरोप चल्न थालेका छन् । राजधानी काठमाडौंको निम्ति हुने निर्वाचनमा प्रेस युनियनको उपत्यकातर्फ टिकट वितरणको जिम्मा लिएका वरिष्ठ पत्रकार दामोदर दवाडीले ब्यक्तिको सामुहिक योगदानभन्दा ब्यक्तिगत दान हेरेको आरोप युनियनका सदस्यहरूले नै बताएका छन् ।

यसबीच भएका कतिपय कामकारबाहीमा दवाडीसँग कोअर्डिनेशन नहुँदा उहाँले आइसोलेट महसुस गरेपछि टिकट वितरणको जिम्मा दिएर थामथुम पारिएको बताइन्छ । त्यसक्रममा दवाडीले आफूसँग ११ वटा संस्था रहेको र ती सबैलाई निर्वाचनमा आफू अनुकूल प्रयोग गर्ने चुनौती दिनुभएको थियो ।

त्यहि क्रममा लेनदेन जोडिएका क्राइम बीट हेर्ने र पुलिससङ्ग रातदिन उठबस गर्ने केहीलाई उहाँले अस्वाभाविक हिसाबले च्याप्नुभएको पार्टी प्रवक्ता बिश्वप्रकाश शर्मासमक्ष उजुरी परेको श्रोतको दावी छ । स्रोत भन्छ,‘एउटा अस्वाभाविक टिकट वितरणचाँहि लगभग प्रमाणित भएको छ । सचिवमा उठेका रोशन पाण्डे न्यूज ट्वेण्टी सेभेनका अध्यक्ष हुन् । जो महेश बस्नेतको लगानी रहेको भनिएको संस्थामा कार्यरत छन् । जहाँ बस्नेतका भाइ कार्यकारी निर्देशक हुन् ।’

मिडिया चलाएपनि युनियनले टिकट नदिने भएपछि पाण्डेले एकजना युनियनकै मान्छेमार्फत् दवाडीलाई भेटेर टिकट हात पारेको हल्ला व्यापक भएको हो । महासंघको जिल्ला कार्यसमिति निर्वाचनमा उम्मेदवार मनोनयन कार्यक्रम आज आइतबार रहेको छ ।

टिप्पणीहरू