कलेजमा कोरोना र विद्यार्थीहरुको धर्ना
ललितपुरको बालकुमारीस्थित एन.सी.आई.टी कलेजमा अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले विभिन्न माग राखेर धर्ना दिएको छ ।
माओवादीनिकट संगठनका केन्द्रीय सदस्य अनुप पाण्डेको नेतृत्वमा झण्डै ९० जना विद्यार्थीले गरेको धर्नामा कोभिडताकाको शुल्कमा सहुलियत दिनुपर्ने,सन् २०१९ ब्याचका विद्यार्थीको स्थगित स्वागत कार्यक्रम तत्काल गर्नुपर्ने र गत वर्ष आयोजित खेलकुद सप्ताहको विजयी टोलीलाई सम्मान र पुरस्कार दिनुपर्नेलगायतका माग राखिएको छ ।
त्यसैगरी,भ्रमणलगायत अतिरिक्त कार्यक्रम तोकिएको समयमा हुनुपर्ने,चैत ९ गते प्रकाशित परीक्षा तालिका अव्यवहारिक भएकाले सच्चाउनुपर्ने माग पनि धर्नाकारीले राखेका छन् ।
उनीहरूले कलेजमा पुनः कोभिडका बिरामी देखिएकाले कलेज परिसरभित्र स्वास्थ्य सुरक्षाको थप मापदण्ड अपनाउनुपर्ने र कलेजमा अध्ययनरत सबै विद्यार्थीलाई कोरोनाविरुद्ध भ्याक्सिन उपलब्ध गराउनुपर्ने मागसमेत राखेका छन् ।
टिप्पणीहरू