लागूऔषधको खपत बढ्यो,दुई जना पक्राउ
दक्षिणकालीस्थित फर्पिङ्ग चेक पोष्टमा खटिएका प्रहरीले सिलिण्डरभित्र हालेर लागुऔषध ल्याउँदै गरेको अवस्थामा दुई जनलाई पक्राउ गरेको छ ।
वीरगन्जबाट काठमाण्डौ आउँदै गरेको बा३७प ७१३७ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा पछाडि बस्नेले बोकेको जेब्रा झोलाभित्र हालिएको ग्याँसको सिलिण्डरबाट ठूलो मात्रामा लागूपदार्थ फेला परेको हो । सिलिण्डरको तल्लो भाग काटी प्रतिबन्धित लागूऔषध फेनारगन, डाईजेपाम र नोर्फिन हालिएको थियो ।
बरामद लागूऔषधमा डाईजेपाम ५ सय ७७ एम्पल,फेनारगन ५ सय ७१ एम्पल,नोर्पिगन ५ सय ६८ एम्पल गरी जम्मा १७ सय १६ एम्पल रहेको छ । सिलिण्डर बोक्ने र मोटरसाइकल चलाउने दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।
उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान र कारबाही हुने जनाइएको छ ।
टिप्पणीहरू