८० करोड ठगेर भागेका गुडवीलका अध्यक्ष चितवनबाट पक्राउ

८० करोड ठगेर भागेका गुडवीलका अध्यक्ष चितवनबाट पक्राउ

झण्डै ८० करोड रुपैयाँ ठगी गरेको आरोपसहित किटानी जाहेरी परेको ललितपुरको कुमारीपाटीस्थित गुडवील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले चितवन,भरतपुरबाट समातेर जाउलाखेल ल्याएको छ ।

परिसरमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हिजो भरतपुर १० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनले विभिन्न व्यक्ति र संस्थालाई चर्को ब्याजको लोभ देखाएर निक्षेप संकलन गर्न लगाएका थिए । उनले हालसम्म ठगी गरेको रकम ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ रहेको पुष्टि भएको छ । श्रेष्ठको सहकारीबाट ठगिएका अन्य व्यक्तिलाई समेत कार्यालयमा सम्पर्क गर्न महानगरीय प्रहरी परिसर,जावलाखेलले अनुरोध गरेको छ ।

टिप्पणीहरू