एकैसाथ १८ सय कैदीले गरे ‘जेल ब्रेक’
नाइजेरियाको दक्षिणी भागमा बन्दुकधारीहरूको आक्रमणपछि एकैसाथ एक हजार आठ सयभन्दा बढि कैदीबन्दीले जेलब्रेक गरेका छन् । यो नाइजेरियामा भएको अहिलेसम्मको सबैभन्दा ठूलो जेलब्रेक हो ।
ठूलो संख्यामा कैदीबन्दी फरार भएपछि नाइजेरियाका राष्ट्रपति मुहम्मु बुहारीले उक्त हमलालाई ‘आतंकवादको’ संज्ञा दिएका छन् । उनले सुरक्षा बललाई आक्रमणकारी र फरार रहेका कैदीहरुलाई पक्राउ गर्न आग्रह गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्यपि त्यहाँका प्रहरी महानिरीक्षकले भने ईस्टर्न सेक्युरिटी नेटवर्क (ईएसएन) का अर्धसैनिक शाखालाई आक्रमणको दोष दिएका छन् ।
ईएसएनले भने स्वदेशी इग्बो जनसङ्ख्यालाई विदेशी सशस्त्र आक्रमणकारीहरूबाट जोगाउन संघर्ष गरिरहेको बताएको छ ।
टिप्पणीहरू