राष्ट्रिय परिचयपत्र लागु गर्न सरकारलाई सर्वोच्चद्वारा मार्ग प्रशस्त

राष्ट्रिय परिचयपत्र लागु गर्न सरकारलाई सर्वोच्चद्वारा मार्ग प्रशस्त

सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीद्वय अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले रिट खारेजीको फैसला सुनाएको छ ।  

गत जेठ २४ गतेको क्याबिनेट बैठकले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय अनिवार्य गर्ने र पहिलो चरणअन्तर्गत २८ जिल्लामा लागु गर्ने निर्णय गरेको थियो । तर अधिवक्ता रामबहादुर राउतले राष्ट्रिय परिचयपत्रको औचित्य माथि नै प्रश्न उठाउँदै सरकारको निर्णय बदर गर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रथमतः नागरिकले फारम भरेको दुई वर्षसम्म पनि राष्ट्रिय परिचयपत्र पाउन नसकेको, दोश्रो, नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचयपत्रको अनिवार्यताले नागरिकहरुलाई समस्या पर्ने उनको दावी थियो । तर सर्वोच्चले रिट खारेज गरेर राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई मार्ग प्रशस्त गरिदिएको छ ।

यद्यपि, सर्वोच्चले केही निर्देशात्मक आदेश भने दिएको छ । फैसलाको पूर्णपाठ आएपछि निर्देशात्मक आदेशबारे विस्तृत खुल्ने छ ।

टिप्पणीहरू