प्रधानमन्त्रीको पत्रमा भाषाको दाहसंस्कार

प्रधानमन्त्रीको पत्रमा भाषाको दाहसंस्कार

अघिल्लो साता प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाको निम्ति निलम्बन गर्नुभयो ।

नेता नेपाल र रावलको निलम्बन पत्रमा सही धस्काएपछि उहाँ दशरथ रंगशालामा जारी थ्री नेशन्स कपको फाइनल फुटबल खेल हेर्न रंगशाला पुग्नुभएको थियो ।

रंगशालामा खेलाडीहरूबाट ‘केपी बा,वी लभ यू’ को वाहवाही बटुल्नुभएका प्रधानमन्त्रीले त्यसअघि बालुवाटारमा तयार पारिएको निलम्बनपत्र नहेरी र रुजु नगरी सही धस्काउनुभएको स्वतः पुष्टि हुन्छ ।

देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीमा रहनुभएका ओलीले चाहनुभएको अवस्थामा कुनै कुराको कमि होलाजस्तो देखिँदैन । तर,उहाँले हस्ताक्षर गर्नुभएको निलम्बन पत्रमा लेखिएका भाषागत अशुध्दिले पद र जिम्मेवारीको नै धज्जी उडाएको छ ।

निलम्बन पत्रमा पहिलो कुरा मिति नै गलत छ । चैत १२ गते निलम्बित हुनुभएका वरिष्ठ नेता नेपाल पत्रबाट फागुन १६ गते निलम्बित हुनुभएको देखिन्छ । यसलाई आधार मान्ने हो भने उहाँको निलम्बन अब पाँच महिना मात्रै बाँकी छ ।

पत्रको पहिलो पृष्ठमा झण्डै ४१ वटा शब्दमा भाषागत त्रुटी देखिन्छ । पछाडिको पृष्ठमा रहेको अशुध्दि केलाउन त बाँकी नै छ ।

टिप्पणीहरू