कम्युनिस्ट पार्टीको मुध्दा टुङ्ग्याउने जिम्मा फेरि सर्वोच्चलाई

कम्युनिस्ट पार्टीको मुध्दा टुङ्ग्याउने जिम्मा फेरि सर्वोच्चलाई

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित २७ जना संघीय सांसदलाई स्पस्टिकरण सोधेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग श्रृजना भएको छ ।

दुई दिनको अल्टिमेटमसहित सोधिएको स्पस्टिकरण पत्रमा छुट्टै राजनीतिक पार्टी खोलेको र संसदीय दलको अनुशासन उल्लंघन गरेको आरोप लगाइएको छ ।

‘बालुवाटारमा केही मान्छे बोलाएर आफूखुशी निर्णय गर्नु पार्टीको नाम र झण्डाको दुरुपयोग हो कि हैन ?,’ पाण्डेले प्रश्न गर्नुभयो, ‘महाधिवेशनबाट निर्वाचितलाई हटाएर खुसुखुसु काम गर्नु चैं के हो त ?’

हिजो दिउँसो ओलीले स्पस्टिकरण सोधेपछि साँझ आफ्नो पक्षका सांसदहरुको बैठक राखेर ओलीलाई राजनैतिक र कानुनी दुबै हिसाबले चुनौती दिने निर्णय गरेको खनाल–नेपाल समूह आज अदालत पुगेको छ । अध्यक्ष ओलीले गरेको कारबाहीविरुद्ध अदालतमा मुद्दा हालेको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

वरिष्ठ नेता माधव नेपालसहित नेताहरु भीम रावल,घनश्याम भुसाल र सुरेन्द्र पाण्डेका तर्फबाट रिट निवेदन दर्ता गरिएको पाण्डेले बताउनुभयो । उहाँहरुको तर्फबाट वारेस लिएर तिलकबहादुर सर्वोच्च अदालत पुग्नुभएको थियो । रिट निवेदनमा सांसद पदबाट कारबाही गर्न अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले थालेको प्रक्रिया रोक्न उत्प्रेषण र परमादेशको माग गरिएको छ ।

हामी कसैले हालसालै बोलाएर पार्टीमा आएका हैनौं । यो पार्टी हामीले बनाएको हो । म पार्टीमा लाग्दा ५० जना मुस्किलले थियौं,अहिले ८ लाख पार्टी सदस्य छौं । यो हाम्रो मेहेनतले भएको हो,’

त्यस्तै,नेकपा एमालेलाई पूर्ववत् हैसियतमा फर्काउने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार अविलम्ब केन्द्रीय कमिटी बैठक बोलाएर २०७५ जेठ २ को अवस्थामा पुर्याउन रिट निवेदनमा माग गरिएको छ ।

 

राजनीतिक रुपले पनि प्रतिवाद गर्छौँ: पाण्डे नेपाल पक्षका सांसदलाई कारबाही गर्ने ओलीको निर्णयको राजनीतिक रुपले पनि प्रतिवाद गर्ने पाण्डेले बताउनुभयो । ओलीद्वारा सोधिएको स्पस्टिकरण पत्रमा एमालेको नाम,चिन्ह र झण्डाको दुरुपयोग गरेको आरोप लगाइएकोप्रति पाण्डेले आक्रोश जनाउनुभयो । उहाँले विधानविपरित गतिविधि गरेर ओलीले नै पार्टीको नाम र झण्डाको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।
‘बालुवाटारमा केही मान्छे बोलाएर आफूखुशी निर्णय गर्नु पार्टीको नाम र झण्डाको दुरुपयोग हो कि हैन ?,’ पाण्डेले प्रश्न गर्नुभयो, ‘महाधिवेशनबाट निर्वाचितलाई हटाएर खुसुखुसु काम गर्नु चैं के हो त ?’

पाण्डेले पार्टी पुनर्गठनको अभियान देशव्यापी चलिरहेको पनि बताउनुभयो । एमाले बनाउन ओलीकोभन्दा कम योगदान नगरेको भन्दै उहाँले पार्टीलाई निजी संस्था बनाउन खोजेपछि समस्या सृजना भएको दाबी गर्नुभयो । ‘हामी कसैले हालसालै बोलाएर पार्टीमा आएका हैनौं । यो पार्टी हामीले बनाएको हो । म पार्टीमा लाग्दा ५० जना मुस्किलले थियौं,अहिले ८ लाख पार्टी सदस्य छौं । यो हाम्रो मेहेनतले भएको हो,’ उहाँले भन्नुभयो ।

नाँग्लो ठटाएर हात्ती तर्साउने रणनीति

यता,अध्यक्ष ओली भने अहिले नै स्पस्टिकरण सोधिएका सबैलाई कारबाही गर्ने मनस्थितिमा नरहेको बताइन्छ । नाँग्लो ठटाएर हात्ती तर्साउने रणनीतिकासाथ माधव नेपालसहितका केही नेतालाई भने कारबाहीको तयारी गरेको निकट स्रोतले बताएको छ । २७ जनालाई नै एकैचोटी कारबाही गर्दा संसदको गणितमा आफू कमजोर हुने बुझाइमा रहनुभएका प्रधानमन्त्री ओली नेता नेपालसहित कम्तिमा १० जनालाई कारबाही गर्ने तयारीमा पुगेको बताइन्छ ।

‘उहाँ (ओली) ले पहिले नै गल्ती गरिसक्नुभयो । अब कारबाही गरेपनि नगरे पनि उहाँलाई सुख छैन । कारबाही गर्दा उहाँका २७ सांसद घट्छन् । कारबाही नगर्दा कर्णाली घटना फेरि दोहोरिनसक्ने खतरा छ । त्यसैले तत्काल केहीलाई कारबाही गर्ने र अरुलाई साइजमा राख्ने रणनीतिअनुसार उहाँ अघि बढ्नुभएको देखिन्छ ।

पहिलो चरणमा माधव नेपाल, भीम रावल,घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,रामकुमारी झाँक्रीलगायतका नेतालाई कारबाही गर्ने र बाँकीलाई स्पष्टिकरणको जवाफअनुसार थप रणनीति बनाउने ओलीको तयारी रहेको बताइन्छ ।

टिप्पणीहरू