म्यारियट होटेलमा ओली-माधव भेटवार्ता सकियो
अन्त्यहीनजस्तो लाग्ने अन्तर्द्वन्द्वमा फस्नुभएका दुई एमाले नेतावीचको आकस्मिक भेट सकिएको छ ।
दिउँसो युवा नेता योगेश भट्टराईको पहलमा भएको फोनवार्तापछि नक्साल,नागपोखरीको म्यारियट होटेलमा पौने छ बजेदेखि जुटेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल झण्डै दुई घन्टा लामो कुराकानी टुङ्ग्याएर अहिले भर्खरै निस्कनुभएको छ ।
वार्ताको विवरण सार्वजनिक भैसकेको छैन । यद्यपि साइडलाइनमा भने व्यापारी तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगड,काङ्ग्रेस नेता बालकृष्ण खाँण र अर्थमन्त्री बिष्णु पौडेल पनि त्यही होटलमा सोही समय देखा पर्नुभएको छ ।
टिप्पणीहरू