बालुवाटार बैठकमा रुवाबासी, गेटबाट समातेर फर्काइयो

बालुवाटार बैठकमा रुवाबासी, गेटबाट समातेर फर्काइयो 

साहस न्यौपाने

केन्द्रीय कमिटी विघटन गरी आयोजक कमिटी बनाइसकेको अवस्थामा फेरि  स्थायी कमिटी गठन गरेर उल्टो बाटो हिँडेको नेकपा एमालेमा चरम असन्तुष्टि देखिएको छ । अस्ति ६ गतेको बैठकको निरन्तरतास्वरुप बसेको आजको बैठकमाअकस्मात स्थायी कमिटी गठन र जिम्मेवारी बाँडफाँड एजेन्डाका रुपमा प्रवेश गरेको थियो । तर, स्थायी कमिटी गठन र जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि मात्र देखिएन बैठकमा रुवाबासीसमेत चल्यो ।

अध्यक्ष केपी ओलीले स्थायी कमिटी सदस्यहरुको नामावली सार्वजनिक गर्नेबित्तिक्कै कमिटीमा महिला नपारेको भन्दै राधा ज्ञवाली र उमा कोइरालाले आपत्ति जनाएका थिए । उनीहरुले स्थायी कमिटीमा महिला किन नराखिएको भन्दै प्रश्न गरेपछि ओलीले अहिले यो विषयमा प्रवेश नगरौँ भनेर रोकेको बैठक स्रोतले बतायो । ‘यो पहिलाकै निरन्तरता हो । पछि कमिटी बिस्तार गर्दा महिलालाई पनि स्थान दिइन्छ’, बैठकमा ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो,  ‘अहिले यो विषयमा हामी बहस नगरौँ । त्यसमा प्रवेश गरियो भने को राख्ने, को हटाउने भन्ने अर्को विवाद शुरु हुन्छ । त्यसैले कमरेडहरु, अहिले यसमा प्रवेश नै नगरौं ।’

ज्ञवाली र कोइरालाको भनाइमा सहमति जनाउँदै पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले पनि स्थायी समिति गठनप्रति आपत्ति जनाएका थिए । केन्द्रीय कमिटीमा हारेको र पोलिटब्युरोमा समेत नभएकालाई स्थायी कमिटीमा राखिएको भन्दै अधिकारी बैठकमा बम्किएका हुन् । रघुवीर महासेठको नाम नलिई उनले केन्द्रीय समितिमै हारेकालाई स्थायी कमिटीमा लगिएको भन्दै आपत्ति जनाएपछि मञ्चमा रहेका ओलीले सम्झाउन खोजेपनि अधिकारी शान्त भएनन् ।

‘रुकुमको मान्छेलाई नेपालगंजमा ल्याएर किन ईन्चार्ज बनाइयो ? हामी ३० वर्षदेखि लागिरहेका छौं । लाभको पद मागेको छैन । अग्रमोर्चामा रहेर डे टु डे काम गर्नुपर्छ । अनि इन्चार्ज त्यसरी आयात गर्नुपर्ने कारण के ?’

‘कार्यविभाजनमा मेरो असन्तुष्टि छ । मलाई किन पूरै गण्डकीबाट हटाइयो ? म ईन्चार्ज बन्नुपर्ने मान्छे । ईन्चार्ज त कता हो कता पुरै गण्डकीबाट किनारा लगाइयो’, अधिकारीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसमा मेरो असहमति छ ।’ अधिकारीले चर्को आक्रोश पोखेपछि ओलीले फेरि आश्वस्त पार्दै पार्टीमा थुप्रै असंगति रहेकाले बिस्तारै मिल्दै जाने बताएका थिए ।

यसअघि एमाले गण्डकी प्रदेशको सहईन्चार्ज रहेका अधिकारीलाई स्वास्थ्य विभागको प्रमुख बनाएर थन्क्याइएपछि उनी आक्रोशित भएका हुन् । नेकपामा सहईन्चार्ज बनिसकेकाले अहिले इन्चार्जको दाबी गर्नु स्वभाविक हुने उनको भनाइ थियो । आफूलाई पूरै गण्डकीबाटै कटाईएको भन्दै उनले तीब्र आक्रोश पोखेपछि ओलीले अब के गरौँ त ? भनेर सोधेका थिए । अधिकारीले ‘मलाई पोखरा महानगरपालिकाको ३१ नम्बर वडा समितिमा राख्दिनुस्’ भनेर ओलीलाई व्यंग्यात्मक जवाफ दिए ।

एमाले राष्ट्रियसभाको प्रमुख सचेतक रहेका खिमलाल भट्टराई पनि बैठकमा खुशी देखिएनन् । भूगोलको जिम्मेवारी पाउने आस गरेकालाई विद्यार्थी विशेष कमिटीमा राखिएपछि अधिकारीले जस्तै उनले पनि जिम्मेवारी फिर्ता लिन व्यंग्यात्मक आग्रह गरे ।  एमालेमा विद्यार्थी विशेष जिल्ला कमिटी र अखिलको कमिटी छुट्टाछुट्टै छ । विद्यार्थी विशेषमा भट्टराई र अखिलको ईन्चार्ज माधव ढुंगेललाई बनाइएको छ । ढुंगेल सरहको जिम्मेवारी दिएपछि अपमानित महसुस गरेका भट्टराईले बैठकमा भनेका थिए, ‘मलाई यो जिम्मेवारी चाहिंदैन। बरु दुवै कमिटीलाई एउटै बनाऊँ । मभन्दा पछाडि आएका साथीहरु हुनुहुन्छ । बरु यो पनि माधवजीलाई नै जिम्मा दिनुस् । म बस्दिन ।’

उनी क्वाँ क्वाँ रुँदै बैठकबाट बाहिरिन थालेपछि केशव बडाल ‘बस्नुस बस्नुस’ भन्दै दौडेर समात्न पुगेका थिए । त्यसपछि उमा कोइराला र निरु पालले झोला समातेर बाहिर नजान आग्रह गरेपनि चौधरी मानिनन् ।

लफडा त्यतिमै रोकिएन । पत्रकारसमेत रहेका नेपालगंजका मोहम्मद हारुनले जिम्मेवारी बाँडफाँडमा अझ चर्को असन्तुष्टि पोखे । नेपालगंजका रैथाने हारुनलाई हटाएर रुकुमका खेममान खड्कालाई त्यहाँको ईन्चार्ज बनाइएपछि उनी आक्रोशित भएका हुन् । उनको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘रुकुमको मान्छेलाई नेपालगंजमा ल्याएर किन ईन्चार्ज बनाइयो ? हामी ३० वर्षदेखि लागिरहेका छौं । लाभको पद मागेको छैन । अग्रमोर्चामा रहेर डे टु डे काम गर्नुपर्छ । अनि इन्चार्ज त्यसरी आयात गर्नुपर्ने कारण के ?’

गत निर्वाचनमा कांग्रेसका विजयकुमार गच्छेदारसंग सुनसरीबाट मात्र ३०० मतले हारेकी भगवती चौधरीले त झन उल्कै चित्त दुखाएको बैठक स्रोतले बतायो । आफूलाई हराउन भूमिका खेलेको मान्छेलाई जिल्ला ईन्चार्ज बनाएको भन्दै उनी भक्कानिएर बैठक छाडी हिंडेपछि अरुको भागदौड भएको थियो । आक्रोशित भएकी चौधरीले सुनसरीको सहइन्चार्ज अस्वीकार गर्दै रुवावासी गरेको बैठक स्रोत बताउँछ । उनी क्वाँ क्वाँ रुँदै बैठकबाट बाहिरिन थालेपछि केशव बडाल ‘बस्नुस बस्नुस’ भन्दै दौडेर समात्न पुगेका थिए । त्यसपछि उमा कोइराला र निरु पालले झोला समातेर बाहिर नजान आग्रह गरेपनि चौधरी मानिनन् । त्यसपछि प्रधानमन्त्रीको सचिवालयका मान्छेहरु गएर बाहिरबाट फर्काई ल्याएको स्रोतले बतायो ।

मभन्दा पछाडि आएका साथीहरु हुनुहुन्छ । बरु यो पनि माधवजीलाई नै जिम्मा दिनुस् । म बस्दिन ।’

चौधरी आफूलाई चुनाव हराउन अन्तर्घात गरेका प्रदेश १ का बन, वातावरण तथा पर्यटनमन्त्री जगदीश कुसियतलाई सुनसरीको ईन्चार्ज प्रस्ताव गरिएपछि आक्रोशित भएकी हुन्। बल्लबल्ल बाहिरबाट बैठक कक्षमा ल्याइएपछि थामथुम पार्न जानेहरु र स्वयं चौधरीलाई अध्यक्षले हप्काउनु परेको थियो । ‘ठीक छ त तपाईंको कुरा सुनियो । सुनुवाई पनि होला । तर, यो तरिका जे गर्नु भो ठीक भएन’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । अध्यक्ष ओलीले फकाउनेहरुलाई पटक-पटक खवरदारी गर्दै ‘उहाँलाई छाडिदिनुस्, रुन दिनुस्’ भनेका थिए ।

यता, विराटनगरबाट ल्याएर रुपनारायण श्रेष्ठलाई काठमाडौँ महानगरको सहईन्चार्ज बनाइएपछि अर्को असन्तुष्टि देखियो । मिक्लाजुङ्ग गाउँपालिका, मोरङ्गको स्थानीय चुनाव (०७४) मा टिकट बितरण गर्दा आफ्नै कार्यकर्ता नरेन्द्र ढुङ्गेललगायतसंग २५ लाख घुस बार्गेनिङ गरे (उतिबेलै अडियो प्रमाण छरपस्ट भएको) वापत निलम्बनमा परेका श्रेष्ठलाई पुरस्कृत गरी काठमाडौँ महानगरपालिकाको सहइन्चार्ज बनाइएपछि असन्तुष्टि चर्किएको बताइन्छ । नेकपामा हुँदा श्रेष्ठलाई जिम्मेवारीबाट हटाएकोमा फेरि फिर्ता ल्याइएको हो।

 

टिप्पणीहरू