पत्रकार तामाङ र लामा पक्राउः उज्यालो नेटवर्कमा नाराबाजी (भिडियो)

पत्रकार तामाङ र लामा पक्राउः उज्यालो नेटवर्कमा नाराबाजी (भिडियो)

प्रहरीले उज्यालो नेटवर्क अनलाइनका सम्पादकलाई पक्राउ गरेको छ । आज अनलाइनको कार्यालयमै पुगेर प्रहरीले अनलाइनका सम्पादक अनिश तामाङ र प्रवन्ध निर्देशक डिएल तामाङ्लाई छुट्टाछुट्टै ठाउँमा पक्राउ पुर्जी थमाएको हो ।

गोङ्गबूर अनामनगर क्षेत्रबाट दुई जनालाई समाती प्रहरी परिसर लगिएको छ । भारतीय गुप्तचर निकाय रअ का प्रमुख र प्रधानमन्त्री केपी शर्मा ओलीको भेटघाटका समयमा भएको भनिएको सहमतिसम्बन्धी समाचारलाई लिएर प्रहरीले उज्यालो नेटवर्कका पत्रकारमाथि धरपकड गरेको हो ।

यसअघि समाचारको विषयलाई लिएर पत्रकारलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको थियो । काठमाण्डौ प्रहरी परिसर प्रमुख अशोक सिंहका अनुसार, फौजदारी अभियोगमा स्टे अर्डरले काम गर्दैन ।

अदालतले आदेश दिनुअगाडि नै अभियोग प्रहरीमा दर्ता भैसकेको छ । उज्यालो नेटवर्कको कार्यालयबाट प्रहरीले सञ्चार सामग्री जफत गरेको प्रधानसम्पादक बुद्ध लोप्चनले जानकारी दिनुभएको छ ।

आज बिहानैदेखि प्रहरी उज्यालो नेटवर्क अनलाइनको कार्यालयमा तैनाथ थियो । अनलाइन कार्यालयमा उपस्थित पत्रकारहरुले प्रेस स्वतन्त्रता जिन्दावाद, प्रहरी दमन मूर्दावाद जस्ता नारा लगाइरहेका छन् ।

तस्विरः कमल बुढा

भिडियोः सागर पन्त

भिडियोः 

https://www.facebook.com/Janaasthanews/videos/256806609513359

टिप्पणीहरू