दार्चुला प्रवेशमा विदेशीलाई रोक
कोरोना संक्रमणको जोखिम बढेसँगै दार्चुलामा विदेशीलाई प्रवेशमा रोक लगाइएको छ ।
छिमेकी भारतीय बजार धार्चुलालगायतका क्षेत्रमा कोभिड–१९ संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले दार्चुला जिल्लामासमेत सङ्क्रमण फैलिनसक्ने सम्भावनालाई मध्यनजर गरी सीमा नाका (झोलुङ्गे पुल) मा कडाइका साथ रोक लगाइएको हो ।
नेपाल प्रवेश गर्नेहरूको हकमा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ अथवा दुई चरणको कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड भएमा मात्र सीमानाकाबाट नेपाल प्रवेश गर्न दिने अन्यथा प्रवेशमा रोक लगाउने जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ ।
टिप्पणीहरू