खोया बिर्केको पनि स्तरोन्नति हुने !
कानूनी तवरबाट प्रतिवन्धित खोया बिर्के मदिराको ब्रान्डिङ, बजारिकरण र प्रवर्धनको लागि प्रदेश नम्बर एकमा अध्ययन सुरु हुने भएको छ । अध्ययनको लागि डा.पूर्णकुमार लक्समको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।
बैशाख ९ गतेको मन्त्री स्तरीय निर्णयका आधारमा यो कार्यदल गठन भएको हो । कार्यदलको नाम ‘ब्यान्ड भर्सेज ब्रान्ड अवधारणा कार्यान्वयन सम्भावना अध्ययन तथा सुझाव कार्यदल’ राखिएको छ । प्रदेश नम्बर एककी सामाजिक विकास मन्त्री उषाकला राईले ‘ब्यान्ड भर्सेज ब्रान्ड’ अवधारणा अघि सारेकी हुन् ।
उनले मन्त्री भएकै दिन घरेलु मदिरा खुल्ला गर्ने र स्वदेशी तथा विदेशी बजारमा व्यापार गर्न उत्पादकहरुलाई हौस्याउनु पर्ने बताउँदै आएकी थिइन् । घरेलु मदिरालाई ब्रान्डिङ गर्न अध्ययन सुरु भएको थाहा भएपछि घरेलु मदिराका उत्पादकहरुमा खुशियाली छाएको उत्पादकहरुले प्रतिक्रिया जनाएका छन् ।
टिप्पणीहरू