दशकाे बदला सय-फेला परे हरे
काेराेनाकाे संक्रमणबाट बचाउन मास्क बाँड्दै हिंडेका प्रहरीलाई अटेर गरेपछि प्रहरीले लातका भूतलाई लात्ती ठाेक्न शुरू गरेकोे छ ।
आज न्यूनतम मापदण्डअनुसार मास्क नलगाउने २६ जनालाई पक्राउ गरी २६ सय रूपैयाँ जरिवाना तिराइएकाे छ ।
दश रूपैयाँकाे मास्क किनेर लाउन अल्छी मान्नेले सय रूपैयाँ तिरेपछि खिसिट्युरीको पात्र बनेका छन् । उनीहरूलाई प्रहरीले संक्रामक ऐन २०२० बमोजिम जरिवाना तिराएकाे हाे ।
उनीहरूलाई “तपाईंको मास्क खै ” भन्दै साेधेपछि लाजले भुतुक्क हुने गरेकाे अनुभव उदयपुरका प्रहरी प्रमुख भीमबहादुर दाहालले बताए ।
टिप्पणीहरू