राप्रपाले पनि दिएन गृहमन्त्री बादललाई भोट
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री रामबहादुर थापा “बादल” को दल परिवर्तनका कारण रिक्त पद पूर्ति निम्ति हेटौंडामा मतदान जारी छ ।
हिजो एमाले-माओवादी संयुक्त उम्मेदवार भएर बिजयी बादललाई अहिले फेरि एमालेले मैदानमा उतारेको छ ।
एमाले उम्मेदवारको पक्षमा मतदान गर्न ह्वीप लगाएको राप्रपाले भने अहिले बिपक्षी गठबन्धनका डा.खिमलाल देवकोटालाई मत दिएको बताइएको छ ।
बाग्मती प्रदेशभरिबाट राप्रपाले जितेको धादिङको रुबीभ्याली गाउँपालिका मात्रै हो । त्यहीँका अध्यक्ष चेरुङ्ग तामाङ्ग र उपाध्यक्ष बीना तामाङ्ग पार्टी निर्देशन उल्लंघन गर्दै भर्खर भुटनदेवी माध्यामिक बिद्यालयको मतदान केन्द्रमा विवेकको मताधिकार प्रयोग गरेर बाहिरिएका छन् ।
एमालेको माधव-खनाल खेमाका नेताहरुले आफ्ना उम्मेदवारको बिजय सुनिश्चित रहेको दावी गर्न थालेका छन् ।
यो निर्वाचनमा एमालेबाहेक सबै पार्टी एकातिर छन् । विवेकशील तटस्थ बसेको छ भने नेमकिपाले आफ्नै उम्मेदवार उठाएको छ ।

टिप्पणीहरू