राती बाइकमा आएर माओवादी नेतामाथि गोलीप्रहार
नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला नेता दीपक पाण्डेमाथि हिजो राती गोली प्रहार भएको छ । राती मोटरसाइलकमा जाँदै गरेका तीन जनामध्ये पाण्डेलाई ताकेर गोली हानिएको थियो ।
उनलाई गोली हान्ने व्यक्ति पनि मोटरसाइकलमा नै आएको बताइएको छ । पाण्डेलाई तौलिहवाको ४ नम्बर सडक खण्डमा गाली प्रहार गरिएको बताइएको छ ।
घाइते पाण्डेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी बोल्नसक्ने अवस्थामा छन् ।
उनीमाथि गोली प्रहार गर्ने आशंका गरिएको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन प्रयास गरिरहेको बताइएको छ ।
टिप्पणीहरू