भ्रममा छु,मैले कुन कानून पढेछु : पूर्व न्यायाधीश प्रकाश वस्ती

भ्रममा छु,मैले कुन कानून पढेछु : पूर्व न्यायाधीश प्रकाश वस्ती

हिजो साँझदेखि विकसित राजनीतिक घटनाक्रम र शीतल निवासबाट प्रकाशित नयाँ सरकार गठनसम्बन्धी सूचनालाई कसरी लिनुभएको छ भनेर सोधिएको जिज्ञासामा सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य प्रकाश वस्तीले भन्नुभएको छ,‘मलाई भ्रम भइरहेको छ ।

वास्तवमा मैले कानुन पढेको हो वा होइन,मैले ४१ बर्ष कानुन पढाएको हो कि होइन,३२ वर्ष कानुन व्यवसाय गरेको हो वा होइन र पाँच वर्ष म न्यायाधीश बनेको हो कि होइन । म आफैंमा शंका भइरहेको छ । कानुन र संविधान नै बुझ्न छाडेँ ।’

“कानुन र संविधान पढेर न्यायाधीश बनेको भन्ठान्थेँ,होइन रहेछ । मैले बुझेको र पढेको कानुन तथा संविधानवाद केही पनि मिलेको देखिँदैन ।”

यस्तो पनि हुन्छ ? भनेर राखिएको अर्को जिज्ञाशामा वस्ती भन्नुहुन्छ ‘भयो,अब के गर्नुहुन्छ ?’ विश्वासको मत लिन नपर्ने,झण्डै दुई तिहाइ बहुमतको सरकार अल्पमतमा आइसक्दा पनि राजीनामा नदिइ बसिरहने अवस्थाको बारेमा उहाँ भन्नुहुन्छ ‘मैले पनि बुझेको छैन ।’

उहाँले फेरि दोहोर्याउनुभयो ‘म अलिअलि कानुन पढि टोपलेको भन्ठान्थेँ । हिजोदेखि त्यो पनि भ्रम रहेछ । कानुन र संविधान पढेर न्यायाधीश बनेको भन्ठान्थेँ,होइन रहेछ । मैले बुझेको र पढेको कानुन तथा संविधानवाद केही पनि मिलेको देखिँदैन ।’

उहाँले भन्नुभयो ‘म कानुनको विद्यार्थी हो भन्ने भ्रम रहेछ । न्यायाधीश र कानुनको शिक्षक पनि थिएँ भन्ने कुरो धेरै टाढा पो पुग्यो ।’

टिप्पणीहरू