नागरिकता अध्यादेशचाहिँ किन अड्काइयो ?

नागरिकता अध्यादेशचाहिँ किन अड्काइयो ?

क्याबिनेटबाट सिफारिश भएका तीन वटा अध्यादेशमध्ये हिजो राष्ट्रपतिबाट दुई वटा मात्र जारी भयो ।

कोभिड १९ सम्बन्धी एउटा र शपथसम्बन्धी अध्यादेश तत्काल जारी भयो । तर,नागरिकतासम्बन्धी विधेयक अड्केको बताइन्छ ।

“प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तरता दिएमा मात्र उक्त अध्यादेश जारी हुने अन्यथा फिर्ता हुने म्यासेज जसपाका हर्ताकर्ता महन्थ ठाकुर र राजेन्द्र महतोलाई दिइनु त हैन भन्ने आशंका उठेको छ ।”

यसरी अड्काउनुको उद्देश्य धारा ७६ (५) बमोजिमको सरकार गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तरता दिएमा मात्र उक्त अध्यादेश जारी हुने अन्यथा फिर्ता हुने म्यासेज जसपाका हर्ताकर्ता महन्थ ठाकुर र राजेन्द्र महतोलाई दिइनु त हैन भन्ने आशंका उठेको छ ।

यसअघि राजा वीरेन्द्र र हालका राष्ट्रपति विद्या भण्डारीबाटै समेत संवेदनशील विषय भन्दै क्रमशः नागरिकतासम्बन्धी विधेयक र अध्यादेश फर्काइएको थियो । तर, अहिले सरकार टिकाउन मुलुकको भविश्य गाँसिएको नागरिकता अध्यादेशलाई हतियार बनाएर राख्नुले संस्थाहरुको मर्यादामा आँच आएको बताइन्छ ।

जसपालाई तातो पिँडालु बनाउँदै शीतल निवासमा राखिएको नागरिकतासम्बन्धी अध्यादेशबारे नेताहरुले हिजो बेलुकीदेखि छलफल थालेका छन् ।

यता,हिजो साँझ शीतल निवासमा पठाउन ठिक्क पारिएको नागरिकतासम्बन्धी अध्यादेश गृहमन्त्री हेटौंडा गएको र त्यहिँ छँदै सर्वोच्चले मन्त्रीबाट हटाइदिएका कारण शीतल निवास पुगिनसकेको र बेलुकाको क्याबिनेट बैठकमा बादल उपस्तिथ नभएकोले तत्काल प्राविधिक समस्या आएको बालुवाटारको दाबी छ ।

आज अर्को मन्त्रीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएर अध्यादेश दिउँसो शीतल निवास पुर्याउने तयारी गरिएको बताइन्छ ।

टिप्पणीहरू