जीएमद्वारा सरकारको बचाउ,नेता र पत्रकारहरुको सत्तोसराप

जीएमद्वारा सरकारको बचाउ,नेता र पत्रकारहरुको सत्तोसराप

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक वर्तमान सरकारको असल सुशासनका सबैभन्दा राम्रो नमूना साबित भएका छन् ।

दिइएको जिम्मेवारी पूरा नगर्ने तर बालुवाटारभन्दा एक कदम अघि बढेर राजनीतिक नेताहरुमाथि सामाजिक सञ्जालमा विष वमन गर्ने उनको जिम्मेवारी र दायित्वमा सबैभन्दा पहिलो नम्बर रहेको देखिन्छ ।

प्रायः बालुवाटारको तावेदारी गर्ने र एमालेका अन्य वरिष्ठ नेतामाथि आमाचकारी गाली गर्ने गुरु भट्टराईले आज प्रेस जगतलाई नै मुछेका छन् ।

अशिष्ट शब्द प्रयोग गर्दै उनले शुरु गरेका छन् …ओइ पत्रकार ! दिउँसो प्रधानमन्त्रीले ७६ (४) अनुसार विश्वासको मत लिन सक्दिनँ भनेको हो र ! ७६ (५) अनुसार सरकार बनाउन बहुमत छैन भनेका हुन् र ? ७६ (५) मा गएपछिको कुरो अर्कै हुन्छ । कुमाइको घुमाइ यिनले बुझ्न धेरै समय लाग्छ । अब रोइलो नगर । माकुनेका नक्कली हस्ताक्षरले सरकार बन्दैन ।’

पत्रकार महासंघका पदाधिकारीहरु भन्छन्-तुच्छ शब्दले नेताहरुमाथि सँधै विषवमन गर्ने यस्ता सरकारी कर्मचारीमाथि साइबर क्राइम लाग्दैन ? कि बालुवाटारको स्तुति गाउनेलाई छुट छ ?

बालुवाटारको गुणगान गाउँदै नियुक्ति लिएका भट्टराईले कम्पनीको काममा भने माखो मारेका छैनन् । स्थानीय जनकपुर र भारतीय सीमावर्ती शहर जयनगरका वासिन्दाले समेत पत्याउन छाडेको रेल्वे कम्पनीको कामकारबाहीलाई उनै भट्टराईको कम्पनीको वेभसाइटमा यसरी बढाइचढाइ लेखिएको छ ।

…रेल्वे क्षेत्रको समग्र लक्ष्य भनेको सुरक्षित,भरपर्दो एवम् ल्याकतअनुसार सार्वजनिक रेल सेवाको निर्माण र विस्तार अन्तराष्ट्रिय जगतसम्म गरी सञ्चालन र व्यवस्थापन समयसापेक्ष एवम् समुचितढंगमा गरी सेवालाई विश्वस्तरीय बनाई देशको सामाजिक,आर्थिक विकास समग्रतामा बृद्धि गर्नु हो ।’

टिप्पणीहरू