श्रीमतीको जन्मदिनका बिशेष बान्की

श्रीमतीको जन्मदिनका बिशेष बान्की

शिवजी श्रेष्ठले आफ्नी श्रीमतीको जन्मदिन बिशेष किसिमले मनाएका छन्। उनले आफ्नी श्रीमती उर्मिला श्रेष्ठ पढेको महाराजगंज नर्सिङ्ग क्याम्पसमा रु २ लाख राशिको अक्षय कोष स्थापना गरेर बार्षिक रुपमा त्यहा अध्ययनरत बिर्ध्यार्थी मध्ये आर्थिक रुपमा कमजोर र जेहेन्दार बिध्यार्थिलाई छात्रवृति प्रदान गर्ने व्यवस्था मिलाएका छन् ।

आफ्नी श्रीमतीलाई थाहै नदिइ सरप्राइज दिने किसिमले सो छात्रवृतिको स्थापना गरेका हुन् । यस बारेमा शिवजी श्रेष्ठले जन्मदिनमा धुमधामसंग खर्च गरेर मनाउनु भन्दा एउटा रचनात्मक क्षेत्रमा उनको नाममा कुनै कार्य गरे उनको नाम कालान्तर सम्म रहने र जेहेन्दार विद्यार्थीले आफ्नो अध्ययनको लागि सानो भए पनि भरथेग प्राप्त गर्ने सोचेर नै सो छात्रवृतिको स्थापना गरेको कुरा बताएका छन् । गत बर्ष पनि निज श्रेष्ठले आफ्नी श्रीमतीको जन्मदिनमा उर्मिलाको जन्मथलो इलाममा कोरोनाको कारण लक डाउनमा परेर हातमुख जोर्न समस्या परेका ३० परिवारलाई एक साता सम्म पुग्ने गरी खाध्य सामाग्री वितरण गरेर मनाएका थिए , त्यसबखत पनि सो कार्यक्रमको बारेमा उनको श्रीमतीलाई यसरी नै सरप्राइज दिएका थिए। श्रेष्ठले सो बर्ष आफ्नो आमा र सासुको जन्मदिनमा पनि ओखलढुंगा र इलाममा लक डाउनमा काम नपाएर अभावमा परेका गरिब र असहाय परिवारलाइ बिभिन्न खाध्य सामाग्री वितरण गरेर मनाएका थिए।शिवजी श्रेष्ठले आफ्नी श्रीमती उर्मिला श्रेष्ठको सम्मानमा आफ्नो क्याम्पसमा छात्रवृति स्थापना गर्ने कार्य अरुको लागि उदाहरणीय भएको कुरा सो क्याम्पसका प्रमुख श्रीमती सुलोचना श्रेष्ठले बताउनु भयो। उर्मिला श्रेष्ठको जन्मदिन असार ६ (जुन २०) तारिखमा छात्रवृति स्थापना गर्न गत बिहिबार महाराजगंज नर्सिङ्ग क्याम्पसमा आयोजित एक कार्यक्रममा शिवजी श्रेष्ठका बहिनि बिनिता श्रेष्ठ र ज्वाई प्रभात ए सी ले रु २ लाख को चेक सहायक क्याम्पस प्रमुख, बिद्यार्थी कल्याण कोषका पदाधिकारीहरुको उपस्थितिमा क्याम्पस प्रमुख सुलोचना श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । सो रकमलाई भबिश्यमा थप गर्दै बढाउदै लैजाने कुरा संस्थापक शिवजी श्रेष्ठले बताए ।आफ्नो जन्मथलोको स्वास्थ्य र शिक्षा क्षेत्रका लागि लागि पर्ने श्रेष्ठको परिवारले आफ्ना बाजे बजैको नाममा स्थानीय जालपा मा बि, गैरीगाउँमा अक्षय कोष, बाबु आमा को नाममा आफु पढेको स्कुल स ज मा बि मा इ-लाइब्रेरी, त्यसै गरी आफ्नो स्वर्गीय दाइको नाममा ओखलढुंगा क्याम्पसमा गत सरस्वती पुजाको दिन छात्रवृति स्थापना गरेका छन।

टिप्पणीहरू