बल्ल कुरा खुल्न थाले

खाइसकेपछि पछुताएर के गर्नु ? लिने बेलामा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाबाटै भनेजति ‘घूस’ लिए, काम सकिएपछि  हल्ला भयो भनेर चावहिल मालपोतका कर्मचारी अत्तालिए ।

कुमारीगालस्थित मधु केसीको २१ आना जग्गा नेपाल इन्भेष्टमेण्ट बैंकमा धितो राखिएको थियो । ऋणीले बेलामा नतिर्दा अक्टुबर २७ कोे एकदिन अघि नै बैंकले लिलाम गरिदियो । अनुराधाले सो जग्गा चार करोड ३० लाखमा दाखा गरिन् । बैंकले आफैँ धितो सकार्दा सात हजार राजस्व लिए पुग्छ । तर, व्यक्तिको दाखा (धितो लिलाम) गर्दा साढे चार प्रतिशत राजस्व लाग्छ । मालपोतका कर्मचारीले व्यक्तिका नाममा बैंकले नै सकारेजस्तो गरेर पाँच लाखमा दाखा गरे । र, १० लाख रुपैयाँ हजम पारे । तर, नियमानुसार लिनुपथ्र्यो २१ लाख ।

‘दीप बस्न्यात मेरो दाइ हो’ भन्ने खरिदार लक्ष्मण बस्नेत, नासु थमप्रसाद श्रेष्ठले यस्तो काम गरेका हुन् । यसो गर्दा २१ लाख राजस्व नेपाल सरकारलाई घाटा प¥यो । मालपोतभित्रै खासखुस चलेपछि भोलिपल्टै खरिदार र नासुले मिलेर जग्गा रोक्का राखे । पहिला बदर गर्न खोजेका थिए । तर, बढी हल्ला हुन्छ भनेर रोक्का राखी अनुराधाका मान्छेलाई ‘थप पैसा लिएर आउनुस्’ भन्दै खबर गरे ।

त्यतिबेलासम्म अनुराधा अमेरिका पुगिसकेकी थिइन् । अनुराधाका मान्छेले ‘म्याडम हुँदैमा हामीले १० लाख घुस दिएकै हो, अब काम सकिएपछि किन आउनु’ भन्दै फोन काटिदिए । यसबारे चावहिल मालपोत प्रमुख तीर्थ केसीले आफूलाई केही थाहा नभएको बताए ।

टिप्पणीहरू