कृष्ण थापाको मुद्दा न्यायाधीशद्वय तेज र बमले हेर्दै

कृष्ण थापाको मुद्दा न्यायाधीशद्वय तेज र बमले हेर्दै

पार्टीको कारबाहीलाई चुनौती दिँदै अदालत पुगेका राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । इजलास नम्बर १० मा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा रिटउपर सुनुवाइ हुन लागेको हो ।

यसअघि थापाको सांसद पद सर्वोच्च अदालतको आदेशले खारेज गरिदिएको थियो । अदालतको उक्त आदेशविरुद्ध अर्को रिट लिएर उनी फेरी सर्वोच्च पुगेका हुन् ।

त्यसअघि थापालाई सांसद पदबाट नहटाउन जेठ २३ गते सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश खारेज गर्दै थापामाथिको कारबाही अदालतले सदर गरेपछि उनी पुनः अदालत पुगेका हुन् ।

टिप्पणीहरू