ओलीको बैठकमा माधवको अवरोध

ओलीको बैठकमा माधवको अवरोध

नेकपा एमालेको दुईपक्षीय विवाद अन्तत: कुटाकुटको स्थितिमा पुगेको छ । केन्द्रमा नेताहरुबीच अन्तरकलह चर्किएका बेला स्थानीय तहक कार्यकर्ताहरु भौतिक आक्रमणमा उत्रिएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीको गृहप्रदेश र वरिष्ठ नेता माधव नेपाल पक्ष बलियो मानिएको प्रदेश १ को मोरंगमा आज दुई पक्षका कार्यकर्ताले कुटाकुट गरेका हुन् । ओलीपक्षको नगर कमिटी बैठक बसिरहेको ठाउँमा नेपालपक्षका कार्यकर्ताले अवरोध गर्न खोज्दा उत्पन्न तनाव कुटाकुटमा परिणत भएको बताइन्छ ।

बताइएअनुसार उर्लाबारी नगरपालिका-८ खाईवा चोकस्थित एभरेष्ट होटलको मिटिङ हलमा ओलीपक्षको नगर कमिटीको बिस्तारित बैठक बस्दै थियो । जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बस्न लागेको बैठकमा नेपाल पक्षका कुमार सुब्बा नेतृत्वमा आएका एक दर्जन कार्यकर्ताले अवरोध गरेका थिए ।

सुब्बा नेतृत्वको टोलीले मिटिङ हलभित्रका फर्निचर,झ्यालका सिसा फुटाउनुको साथै कार्यक्रमको ब्यानरसमेत च्यातेर फ्यालेको ओलीपक्षले आरोप लगाएको छ । नेपाल पक्षले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

टिप्पणीहरू