हिजोसम्म ओलीको,यो ठाउँ आज अरुको

हिजोसम्म ओलीको,यो ठाउँ आज अरुको

एमाले संस्थापक पुष्पलाल श्रेष्ठको ४३ औं जन्मजयन्ती तथा स्मृति दिवस आज पनि मनाइएको छ । आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा पुष्पलाल स्मृति कार्यक्रमको आयोजना गरिएको हो ।

पुष्पलाल मित्रता केन्द्रको आयोजनामा भएको कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन राखिएको थियो ।

प्रवचनमा नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी,विप्लव समूहका विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला,अनेरास्ववियुु माधव समूहका अध्यक्ष सुदीप पराजुली र आयोजक समितिका अध्यक्ष जगन्नाथ खतिवडाले भाग लिनुभएको थियो ।

झण्डै २ सय जना सहभागी रहेको कार्यक्रमस्थलमा हिजोसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा १० औं केन्द्रीय कमिटीको बैठक बसेको थियो । एमालेले पनि पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा त्यहिँ छु्ट्टै कार्यक्रमको आयोजना गरेको थियो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने पुष्पलाल स्मृति कार्यक्रम कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा हिजो बिहान आयोजना गरेको थियो ।

टिप्पणीहरू