ओलीले भोलि युथ फोर्सको भ्याली कमाण्ड घोषणा गर्ने

ओलीले भोलि युथ फोर्सको भ्याली कमाण्ड घोषणा गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघ नेपाल, युथ फोर्सको भ्याली कमाण्ड घोषणा र सपथ ग्रहण भोलि हुने भएको छ । यो काम भोलि भक्तपुरमा हुने छ ।

आज डोलेश्वोर भिलेज रिसोर्टमा बसेको तयारी बैठकले भोलि मोटरसाइकल र्यालीसहित एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भ्याली कमाण्ड घोषणा तथा शपथ ग्रहणको कार्यक्रम गर्ने जानकारी दिइएको छ ।

कार्यक्रमलाई भब्य बनाउन शनिबार भक्तपुरबाट मोटरसाइकल र्यालीसहित प्रस्थान गर्ने कार्यक्रम रहेको युथ फोर्सले जनाएको छ । कार्यक्रम भोलि बिहान साढे १० बजे डोलेश्वर पार्किंगमा हुने उल्लेख छ ।

टिप्पणीहरू