बिताइछाड्यो छोरीको बिहेले

‘अर्काकी छोरीको इज्जतसँग खेलबाड गर्नेले आफ्ना पनि छोरी–चेली छन् भन्ने बिर्सनुहुँदैन !’ ठीक यही कुरा लागु भएको छ, गायक प्रकाश ओझाको जीवनमा ।

सर्वोच्च अदालतले दुई साताअघि १० वर्षको कैद तोक्नुअघि पाटन उच्च अदालतले उनलाई पुरानो कैदबाट बाँकी रहेको ६ महिनाको कैद भुक्तान गर्न आदेश दिएको थियो, आठ महिना पहिल्यै । यस्तो हुँदा अभियुक्त आफैँ अदालत उपस्थित भएमा उसले निश्चित प्रतिशत कैद मिनाहा पाउने व्यवस्था छ । तर, यो कुरा जान्दाजान्दै पनि उपस्थित हुन नसक्ने बाध्यतामा थिए । कारण हो, छोरीको विवाह । त्यसै पनि ‘प्रकाश ओझाकी छोरी’ भनेर विगत १० वर्षदेखि यातनापूर्ण जीवन बिताइरहेका बिचरीहरु जसोतसो यो समाजमा हुर्किए, पढे, बढे । इटहरी होस् या काठमाडौं, जहाँ पुगे पनि बाबुको बद्नामीको दाग निर्दोष छोरी–चेलीमाथि खनिइरह्यो ।

काठमाडौंबाट प्लस टु सिध्याएकी ठूली छोरी केही वर्षअघि एजुकेशन कन्सल्टेन्सीको मद्दतमा अमेरिका पुगिन् । गएको दशैंअघि छोरीले उतै बस्ने एकजना नेपालीसँग विवाहको निधो गरिन् । भदौमा टीकाटालो भयो । सप्तमीका दिन कन्यादान दिने गरी अमेरिकामै विवाह कार्यक्रम तय भयो । पत्नीको साथ लागेर प्रकाश महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगे । दूतावासले प्रकाशलाई ‘सरी’ भनेर फर्काइदियो । पत्नीको भने भिसा लाग्यो, गइन् । दूतावासले नेपालमा फौजदारी अभियोग झेलिरहेको व्यक्ति भएका कारण उनलाई भिसा दिएन । हिन्दू संस्कारमा एउटा जीवित बाबुले छोरीको ‘कन्यादान’ गर्नु अनिवार्य दायित्व मानिन्छ । प्रकाश पनि छोरीको विधिपूर्वक कन्यादान गर्न चाहन्थे, तर पाप करायो पहिलाको । उतिबेलै मेरा पनि दुई छोरी छन्, तिनको इज्जत–सम्मानका खातिर पनि मैले अर्काकी छोरीमाथि अनुचित व्यवहार गर्नुहुँदैन भन्ने कुरा सम्झिएनन् ।

बरु, दशैंको मुखमा जनआस्थाको सम्पर्कमा आएका उनले बर्बर आँशु पार्दै भने, ‘म आफैँ जेल जान्छु, तर छोरीको विवाहपछि ।’ उनलाई डर थियो, जनआस्थाले उच्च अदालतको आदेशबारे समाचार लेखिदेला भन्ने । ‘केही गरी अहिले यस्तो कुरा आइदियो भने अर्काको घरमा अन्मिएर जान लागेकी छोरीलाई के पर्ला ? छोरीको नयाँ घरका मान्छेले के भन्लान् ?’ भन्दै फेरि रुन थाले । ठूली छोरीको विवाह भयो । तर, प्रकाश अदालतमा उपस्थित भएनन् । बरु, गीत रेकर्डिङ गर्दै, नयाँ–नयाँ ‘जेसिका’ खोज्दै बाहिरै रमाए । ‘किन यस्तो गरेको ?’ भनी सोध्ने साथीहरुलाई जवाफ थियो, ‘अब दुईचार महिनामा अर्की छोरीको विवाह गरिदिन्छु, अनि जान्छु !’ तर, सर्वोच्च अदालतले अर्की छोरीको साइत पर्खिएन । बरु, पुरानो कसुर उल्टाउँदै १० वर्षको कैद सजाय सुनाइदियो । भनिएको १० भए पनि उनले पाँच वर्षको कैद पहिल्यै भुक्तान गरिसकेका कारण अब पाँच वर्षमात्र सजाय काट्नुपर्नेछ ।

शुरुमा इटहरीस्थित छोरीकी आमासँग धित मारेपछि उनैकी १५ वर्ष नपुगेकी छोरीसँग यौनक्रिडामा लिप्त ओझाले टेलिभिजन सिरियलमा खेलाइदिने प्रलोभनसाथ काठमाडौं बोलाइएकी अर्की किशोरीसँग बाथरुममा नग्न दृश्य खिच्दै यौनकार्य गरेपछि यो लफडामा तानिएका हुन् । जनआस्थाले वर्ष १०, अंक ४८, ०६१ माघ २७ गते उनी यही अभियोगमा पक्राउ परेको समाचार पहिलोपल्ट प्रकाशित गरेको थियो । उनलाई प्रहरीले त्यसबेला बाल यौन दुराचारको अभियोगमा हनुमानथान, काठमाडौंबाट पक्राउ गरी सुनसरी जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको फैसलाअनुसार झुम्कास्थित क्षेत्रीय कारागारमा पाँच वर्ष कैद भुक्तान गरिसकेका थिए । त्यसबेला इटहरीकी एक बाहुनी महिलासँग सम्बन्ध थियो । तर, ती महिलाकी छोरीलाई पनि बाँकी नराखेपछि वकिलहरुको सल्लाहमा ती महिलाले प्रकाशलाई फन्दामा पारेकी थिइन् । तर, प्रहरीमा दिइएको जाहेरीमा तिनले आफूसँग सम्बन्धित विषय उल्लेख गरिनन् । बरु, ती महिला प्रकाशको साथमा रहँदा प्रकाशले मोबाइलबाट देखाउने गरेको ज्योति (जेसिका) खड्कासँगको यौन दृश्य हेर्दा आफू पनि मज्जा लिन्थिन् ।

तर, त्यस्तै काम आफ्नै सन्तानमाथि भएको पत्तो लागेपछि सम्बन्ध बिग्रिएको हो । जब प्रकाश जेल चलान भए, ती महिलाले आफ्नो रहस्य नखुलोस् भन्नका लागि खाना बोकेर जेलमा भेट्न जानेसम्मको काम गरिन् । रोएर घण्टौँ जेलको भेटघाट कक्षमा बिताउन थालिन् । तर, अदालतमा साक्षी बकपत्र गर्ने बेलाचाहिँ ‘हो, यो अपराधी नै हो’ भन्न पछि परिनन् । यदि, ती महिलाले ज्योतिको नग्न दृश्य सार्वजनिक नगरेकी भए ज्योतिले जेसिका बन्दै, कल्कलाउँदो उमेरमै घर–गाउँ, आफन्त, परिवार र पढाईसमेत छाडेर अन्ततः अनेकौँ यातना र तनाव झेल्न नसकी आत्महत्याको बाटो शायद रोज्नुपर्ने थिएन ।

मनुस्मृतिले त भनेकै हुन्, ‘यत्र नार्यास्तु पूज्यते रमन्ते तत्र देवता ! यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः !’ अर्थात्, जहाँ नारीको पूजा हुन्छ त्यहाँ देउता पनि रमाउँछन् । जहाँ नारीको पूजा हुँदैन त्यहाँका सब काम बिफल हुनेछन् ।

टिप्पणीहरू