एमाले पार्टी कार्यालयमा खिर खाईदै

एमाले पार्टी कार्यालयमा खिर खाईदै

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो ।

सोहीअनुसार विभिन्न संघ संस्थाले पनि खिर खाने कार्यक्रमको आयोजना गरेका छन् । जसअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले पार्टी कार्यालयमा एक कार्यक्रमका वीच खिर खाने कार्यक्रम शुरु गरेको छ ।

आज सवा ३ बजेको समयबाट माईतिघर हाईटस्थित पार्टी कार्यालयमा महासचिव ईश्वर पोख्रेल,नेताहरु लालबाबु पण्डित ,निरुदेवी पाल,बिष्णु रिमाल,कार्यालय सचिव शेरबहादुर तामाङ लगायतको उपस्थितिमा खिर खाने कार्यक्रम सुरु भएको पार्टी केन्द्रीय कार्यालय श्रोतले बताएको छ ।

टिप्पणीहरू