एमसीसी संसदमा पेश गर्न भीम रावलको चुनौती

एमसीसी संसदमा पेश गर्न भीम रावलको चुनौती

एमाले उपाध्यक्ष भीमबहादुर रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एमसीसी कार्यान्वयन सम्झौतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको उल्लेख गर्दै त्यसलाई संशोधन नगरी संसदबाट पारित हुन नदिने चेतावनी समेत दिनुभयो ।

उहाँले ‘एमसीसीमा राखिएका कतिपय प्रावधान नेपालको संविधान विपरित रहेको,’उल्लेख गर्दै, ‘त्यो नेपालको सार्वभौैमिकता,स्वतन्त्रता, स्वाधिनता,नेपालको राष्ट्रको हित विपरित रहेकाले त्यसलाई संशोधन नगरी अघि बढाउन मिल्दैन,’ भन्नुभएको छ । उपाध्यक्ष रावलले विकासको नाममा कम्पनी खडा गरेर आफ्नो भूमि कुनैै पनि देशलाई सुम्पन नसकिने अडान दोहोर्याउनु भएको छ ।

नेपालमा कुनै पनि देशको लगानी ल्याउन पाइने बताउँदै नेता रावलले तर त्यस्तो प्रावधान हाम्रो संविधान र स्वतन्त्र परराष्ट्र नीतिअनुसार हुनुपर्नेमा उहाँको जोड रहेको छ । उपाध्यक्ष रावलले एमसीसी सम्झौतामा राखिएका कतिपय प्रावधान नेपालको हितमा नरहेको भन्दै संसद बैठकमा पटक पटक आफ्ना भनाई दोहोर्याउनु भएको थियो ।

टिप्पणीहरू