महिलाहरु नै बेसहारा बालिका खोज्दै,काठमाडौंका फ्ल्याटमा बेश्यावृत्ति गराउँदै

महिलाहरु नै बेसहारा बालिका खोज्दै,काठमाडौंका फ्ल्याटमा बेश्यावृत्ति गराउँदै

राजधानी काठमाडौंमा घरायसी प्रयोजनको नाममा लिइएका फ्ल्याटमा बेश्यावृत्ति मौलाएको छ । अधिकांश महिलाले अनाथ र दुःख पाएका परिवारका बालिका तथा युवतीलाई त्यस्तो घृणित कार्यमा प्रयोग गरेको रहस्य खुलेको छ ।

बाफलमा एउटी महिलाको फ्ल्याटमा आमाले खाना पकाउने र छोरी घरको काम गरेर कलंकीमा स्कुल पढ्थिन् । तर,मृगौला रोगी आमाको निधन भएपछि घरबेटी ज्योति पोमुले मृतककी छोरी तथा बालिकालाई आफ्नै फ्ल्याटमा गराइने वेश्यावृत्तिलाई प्रत्यक्ष रुपमा देखाउँदै उक्साएकी थिइन् ।

पछि बिहान अबेरसम्म सुतेको भन्दै बालिकालाई पिटेपछि तिनै महिलाका साथीहरु मुना र प्रिती थापामगरले राम्रोसँग पाल्ने भन्दै थानकोटस्थित डेरामा लगे । चैत १७ गतेपछि उनीहरुले पनि ती बालिकाको सामुन्ने परपुरुषसँग शारीरिक सम्बन्ध राखेर उनलाई उक्साएका थिए ।बालिकाले वेश्यावृत्तिमा लाग्न इन्कार गरेपछि उनीहरुले एक महिनासम्म कोठामा थुनिदिए । पछि भागेर बालिका नेपलिज होम संस्थाको संरक्षणमा पुगेपछि अहिले काठमाडौंमा फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने जालोको नयाँ रहस्योद्घाटन भएको हो ।

बालिकाको बयानअनुसार प्रहरीले गोरखा सुलिकोट गाउँपालिका ३ का स्थायी वासिन्दा तथा चन्द्रागिरी ६ मा बस्ने वर्ष २४ की मुना अर्थात् प्रिती आलेमगर भन्ने प्रिती थापामगरलाई पक्राउ गरेको छ । त्यसैगरी झापा गौरादह ५ स्थायी ठेगाना भएकी बाफल बस्ने वर्ष ४२ की बिना लिम्बु भन्ने ज्योति पोमुलाई पनि प्रहरीले पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान कारबाही अघि बढाएको छ ।

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतको साउन १७ गतेको आदेशले पक्राउ प्रतिवादीहरुलाई पुर्पक्षको लागि कारागार कार्यालय, जगन्नाथदेवलमा थुनामा राखिएको छ ।

टिप्पणीहरू