श्रीमान् ननिदाईकन सतर्क
कुरा जनताको हैन । अदालतमा मुद्दा, त्यो पनि न्यायाधीशले नै न्याय मागेर दायर गरेको † एउटाको जन्ममितिको अदलबदलबाट अर्कोलाई फाइदा–घाटा जेसुकै होस्, तर आफू प्रत्यक्षतः प्रभावित हुने मुद्दा हेर्न नपाइने अदालती प्रचलन हो । तर, सर्वोच्चमा फेरि पनि त्यस्तो भएन ।
जनकपुर उच्चअदालतका मुख्य न्यायाधीश सुरेन्द्रबरसिंह बस्न्यातले रिट निवेदन दर्ता गरे । झमेला थियो, उमेरको । उनले जागिर खाँदैमा २०२८ फागुन १८ गते १८ वर्षको उमेरमा लिएको नागरिकता पेश गरेका थिए । तर, शैक्षिक योग्यताको प्रमाणपत्रबाट खास जन्ममिति नै खुल्छ । तर, नागरिकता पाउँदा उल्लिखित मितिका आधारमा जन्म कायम भयो, २०१० साल फागुन १८ गते । उनले भरेको न्यायपरिषद्को फर्ममा अर्कै जन्ममिति छ । प्रधानन्यायाधीश सुशीला कार्कीले नागरिकताका आधारमा जन्ममिति तोकिन् । बस्न्यातले सर्वोच्चमा उत्प्रेषणसमेतको आदेश जारी गरिपाऊँ भनेर दिएको रिट निवेदन एक हप्ताअघि न्यायाधीशहरू दीपकराज जोशी र सपना प्रधान मल्लको बेञ्चमा प¥यो ।
आदेश यस्तो भयो, ‘पेश भएका कागजातबाट निवेदकको जन्ममितिका सम्बन्धमा स्पष्टता नदेखिएको अवस्थामा कुन लिखत कागजलाई मान्यता दिई निवेदकको जन्म मिति कायम गर्ने भन्ने विषयको निरुपण लिखित जवाफ र प्राप्त हुने सक्कल फाइल कागजात अध्ययन गरी पूर्ण सुनुवाइमै विचार गरिने हुँदा मिति २०७३÷९÷१९ मा न्यायपरिषद् सचिवालयबाट लेखिएको जानकारीसम्बन्धी पत्र तत्काल कार्यान्वयन नगरी रोक्नुपर्ने न्यायोचित आधार र कारणको विद्यमानता नदेखिँदा माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन ।’ बस्न्यातको तर्फबाट वकिलहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल, शेरबहादुर केसी, पंकजकुमार कर्ण, पदमप्रसाद काफ्ले, दीपकराज जोशीले बहस गरे ।
यो मामिला सोझोसँग हेर्दा बस्न्यातसँग सम्बन्धित देखिन्छ । तर, कुरा जोडिन्छ सुशीलापछिका प्रधानन्यायाधीश हुने भनिएका गोपाल पराजुलीको हकमा । गोपाल पराजुलीको उमेरको विवाद पनि यस्तै हो । पराजुलीको मामिला टँुङ्गिदा फाइदा, बेफाइदा जे भए पनि उनै आदेशकर्ता दीपकराज जोशीलाई हुन्छ । पराजुलीले आफ्नो जन्म मिति दावी गर्दै पेश गरेका कागजात÷प्रमाणबाट जन्ममिति कायम भएमा त्यसपछि प्रधानन्यायाधीश हुने यिनै जोशी हुन् । नागरिकतालाई आधार मानेर पराजुलीको उमेर कायम हुँदा जोशीले पूरै समय, अर्थात् २७ महिना प्रधानन्यायाधीश चलाउँछन् । तर, शैक्षिक प्रमाणपत्रका आधारमा जन्म मिति कायम हुँदा उनले १८ महिनामा घर जानुपर्छ । यसरी अदालत, त्यो पनि सर्वोच्चमै आफैँसँग सम्बन्धित (फाइदा वा बेफाइदा) हुने व्यक्तिले मुद्दा हेर्न नपाउने स्पष्ट मान्यता छ ।
तर, अघिल्लो बुधबार ती मान्यता बुझेर या बुझ पचाएर हो, पालना गरिएन । अरु बेला बहस चल्दा बेञ्चमै भुसुभुसु निदाउने जोशी त्यसदिनचाहिँ ‘के रे ? के रे ?’ भन्दै जागिरहेका थिए ।
टिप्पणीहरू