पानीले धीत मर्दैन, खान्कीले पेट भर्दैन
- संकेत कोइराला
बाँस र तामा परस्पर गफिँदै थिए ।
तामा : बा ! म आकाश छेड्छु ।
बाँस : लक्ष्य राम्रो हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने भैंm भएस्– उद्देश्य के लिनु उडी छुन चन्द्र एक ।
तामा : तपाईं त निहुरिनु भो नि त !
बाँस : तिम्रो उमेरमा म पनि तिम्रोजस्तै सोच्थें । उचाइ लिँदै जाँदा चराचर देख्दै गएँ । तत्वबोध भो, तामस अररो हुन्छ र टिक्दैन । ज्ञान शालीन हुन्छ तर टिक्छ । प्रारब्ध बुझ्दै गएपछि सब कुरा थाहा हुन्छ बाबु ।
नेपालको राजनीतिमा थुप्रै तामा बाँस बनेका छन् । अनि बाँस भएपछि फेरि तामा बन्न खोज्नेहरूको धृष्टता पनि उस्तै निर्लज्ज ढंगमा प्रकट भइरहेको छ । बाउअघि राजा भएका ज्ञानेन्द्र राजाको पदवी खोसिँदा पनि उच्च संस्कारयुक्त कदबाट एक कदम पछाडि हटेका छैनन् । तर, नीतिशास्त्रमा सबैभन्दा ठूलो दान मानिने मतदानको अभिभारा बोकेका नेता राग, आग्रह र पूर्वाग्रहको सुरुङबाट निस्कन सकेका छैनन् । जनताको खुट्टाले दुख पाएर राजनीतिक परिवर्तन आयो तर भूमिकै नभएको नेताहरूको छातीले तक्मा थाप्यो । उनीहरूको कार्यशैलीमाथि प्रश्न धेरै छन, तर उत्तर छैन् । भएको उत्तर पनि अपुरो छ । महाभारतमा आफ्नो प्राण अर्पण गर्ने त्यत्रा सैनिकहरूको नाउँ कहाँ छ ? रामायणमा ती सवै दानव र बाँदरहरूको नाम कहाँ छ ? सिंहदरबार बनाउँदा थिच्चिने, मिच्चिने र रातदिन पसिना बगाउने श्रमिकहरूको नाउँ कहाँ छ ? धरहरा बनाउने सयौं कर्मीको नाउँ कहाँ छ ? नाउँ छ त कौरव र पाण्डवहरूको । नाउँ छ त फगत राम र रावणको । नाउँ छ चन्द्रशम्शेरको, अनि अमर छन् भीमसेन थापा । हुन पनि इतिहास जित्नेहरूको घोडा हो भन्छन् । सत्य जान्नु, बुझ्नु र भोग्नु भनेको जिन्दगीको असली रसास्वादन हो । सत्य आगो हो, जुन चाहे पनि नचाहे पनि स्विकार्नै पर्छ ।
जीवनको स्वाद प्रकृतिसँग छ । बाँच्नुको सार्थकता जीवनको स्वादमा आधारित छ । आज यान्त्रिकताको बढ्दो नियन्त्रीकरणभित्र मान्छे घडीको दास हुँदै गइरहेछ । घडीको सुईसँगै घुम्नुपर्ने आजको मान्छे क्रमशः मान्छेबाट रोबटमा अवतरण भइरहेछ । भावना, कल्पना र संवेदनहीन अवस्थामा बाँचेको मान्छेलाई के भन्ने ? मन विनाको मान्छे र रोबटबीच कति फरक होला ? सायदै यही अवस्थाबाट दिक्क भएर जर्ज ह्यारिसनहरू शान्ति खोज्दै गंगाको किनारमा गेरु बस्त्रधारी भएर निस्किएका होलान् । म्याडोनाहरू संस्कृत भाषाको सम्मोहनमा लहस्सिएका होलान् । आखिर मान्छेको अर्को नाम भनेकै प्रयोग हो । अझ त्योभन्दा पर गएर भन्ने हो भने मान्छे गुण र दोषको सम्मिश्रण हो । मन परेको त्यही मान्छे आँखामा हाले पनि बिझाउँदैन तर मन नपरेको मान्छे एक कोश परबाटै एलर्जी हुन्छ । मान्छे त मान्छे नै भयो, एकैदिन जन्मिएका काँडा र पूmलले पाउने व्यवहारको अन्तर कस्तो हुन्छ ? संसार आपैंmमा सुन्दर छैन तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ । खानामा होइन, जिब्रोमा स्वाद हुनुपर्छ । आनन्द दृश्यले होइन, मनले ग्रहण गर्नुपर्छ । सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ ।
चराहरू उहिरहेकै छन् । बादलहरू विभिन्न आकृतिमा विभाजित भइरहेका छन् । आँखाको सिमानाभन्दा विशाल मैदान छन् । त्यही नजिक उठेका हिमाल छन् । अझ पहाडलाई पनि उछिनेर उठेका स्निग्ध ध्यानमग्न ऋषि महर्षि बसेभैंm हिमालयहरू छन् । रात खुम्चिँदै उज्यालो टेक्न पुग्छ । प्रत्येक दिन बिहान, दिउँसो, साँझका नाममा बालक, युवा र वृद्धको नियतिभैंm खुम्चिन र फक्रिन पुग्छ । दिउँसोको स्निग्ध आकाश होस् या रातमा आफ्नो वरिपरि तारा जडेर चन्द्रमाको दुधिलो उज्यालोमा आपूmलाई आकर्षक बनाउने आकाश होस्, ती सबै शोभायमान छन् । सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्य चारैतिर समेटेर मानिसलाई कति तरंग र भावनाका पूmल बर्साइरहेका छन् । जति हे¥यो, उति हेरिरहूँ लाग्ने भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षण, सौन्दर्यकृत प्रकृतिका उपहार त्यसै–त्यसै नष्ट भइरहेका छन् । ऋतु ऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट मानिसभित्र छाउने ऊर्जा प्रकृतिको अजस्र धारा हो, धारा । शिशिरको पतझड, वसन्तको पालुवा, वर्षादको झम्झम् र शरदको स्निग्धता कुनै संगीतको कुनै सुरभन्दा कम छैन् । प्रकृतिका यी रस पिउनेको जीवनमा सधैं नवीन अनुभूतिको आलोक खुलिरहन्छ ।
आशावादीहरूका लागि संसार सुन्दर छ । उसको आँखा शिल्पी बनेर उघ्रिन्छ । महात्मा बनेर चिम्लिन्छ । यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ । प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरू पलाइरहन्छन् । यही इन्द्रेणी हो कविता निरन्तर सिर्जना भइरहेछ । यही इन्द्रेणी हो संगीत निरन्तर बजिरहेछ । यो कल्पनाको इन्द्रेणी, यो भावनाको इन्द्रेणी र संवेदनाको इन्द्रेणी जुन सधैं सुन्दर र रहस्यमयी छ । यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, संगीत बजिरहन्छ र सम्पूर्ण कला रचना भइरहन्छन् । कविताको आनन्द लिन पनि आपूmसँग केही कविता हुनै पर्छ । संगीतको धून सुन्न आपूmभित्र तरंग हुनैपर्छ । सात समुद्रपारिबाट आएका पर्यटकले सौन्दर्यले अभिभूत भई पाटनको कृष्ण मन्दिरमा आँखा टाँस्छन् र सम्झनाका लागि पचासौं तस्बिर उतार्छन् तर त्यही मन्दिरको पेटीमा बसेका हामी चाहिँ त्यो मन्दिरमा सौन्दर्य देख्दैनौं । सौन्दर्य पिउन आपूmभित्र सौन्दर्य हुनुपर्छ । यन्त्रणाबाट आपूm नियन्त्रित आजको मान्छे आपैंm निस्सासिएको छ ।
यत्रो पृथ्वीमा आउने अवसर पाएको मान्छे यति ठूलो पृथ्वीको विचित्रता र अनन्तता हेर्न त परै जाओस् , अब आफ्नै घर आँगनमा फुल्ने र सयपत्रीको सौन्दर्यलाई पनि ऊ आपूmमा आत्मसात् गर्ने संवेदना हराउँदै बाँचेको छ । हामीलाई राजनीतिमा बाँडिँदै फुर्सद छैन । हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन । हामीलाई आफ्नै स्वार्थ, महŒवाकांक्षा र भौतिक लिप्सामै निरन्तर टाँसिदैमा फुर्सद छैन् । हो, मान्छे अब बाघ भालुबाट हैन, मान्छेबाटै आक्रान्त छ । भोक लाग्दैन, भोजनमा स्वाद छैन । तिर्खा लाग्दैन, पानीमा धीत छैन । निद्रामा निद छैन, कल्पनाहीन, भावनाहीन मान्छे बाँचेको छ ।
टिप्पणीहरू