शरीरको तिर्खा मेटाउने सोखिनहरू
दिदीसँग केही दिनको बसाइले नै जीवन बदलियो भन्ने सोच पलायो । तर, सबै सपना बालुमा मिसिन पुगे । दिदीको धन्दा रहेछ अर्कै । सुकिला–मुकिला भएर हिँड्ने गरे पनि धन्दा भने फरक किसिमको । दिनभर रत्नपार्क कि त ठमेलको सडकमा गएर बिताउनुपर्ने । सुरुमा त म छाँगाबाट खसेझंै भएँ । तर, घरपरिवार र समाजको तिरस्कारले मलाई ठमेलमा उभिने पुरुषलाई पट्याउन् असहज भएन । सुरुमा दिदीलाई बेस्सरी गाली गरें । यो नर्कभन्दा आफूलाई त्यही स्वर्गजस्तो गाउँमै फर्काइदिन अनुनय–विनय गरें । ‘तँलाई त्यो नर्कको समाजमा बाँच्न मन छ । एकपटक सोच् ।’ मेरो कुरा सुनेर दिदी झम्टिइन्, ‘यहाँ त बरु स्वतन्त्रपूर्वक बाँच्न सकिन्छ नि !’ विस्तारै म पनि दिदीजस्तै भए । केही समयमै नयाँ साथीसंगी चिने । त्यसपछि त झन् थप ऊर्जा मिल्यो । यो संसारमा म मात्रै यस्तो रहनेछु अरू पनि हँुदा रहेछन् भन्ने लाग्यो । र, उनीहरूको साथले जीवन जिउने र केही गर्ने साहस पलायो । तर, काम ग्राहकलाई आफ्नो शरीर भाडामा दिनु थियो ।
यसैगरी, वर्षांैसम्म ती काला दिन बिताइयो । ती दिन सम्झिँदा मुटु धड्किन्छ । सुरुवाती दिन त कहन सकिने अवस्था छैन । कुनै काम रहरले गर्नु र कहरले गर्नुमा आकाश–पातालको फरक छ । जुन मैले भोगें । बानी नपरुन्जेल त मरुँलाझंै लाग्थ्यो । तर, कहाँ जाऊँ अनि के गरुँ ? धेरै छटपटिन्थें, रुन्थेँ । कसैले नुसन्ने गरी चिच्याउँथेँ । तर, विकल्प थिएन । मर्न कैयाँैपल्ट आँट गरें तर साहस आउँदैनथ्यो । यसरी नै बिताएँ झलमल्ल सहरको अँध्यारो कोठामा । त्यतिखेर लाग्थो, काठमाडौंका ती सुकिला भएर हिँड्ने भद्र पुरुषहरू देख्दा सबैभन्दा महान् हुन्, पहिले त मलाई यस्तै लाग्थ्यो । उनीहरूमाथि विश्वास लाग्थ्यो । जे भन्थे त्यहीँ मान्थें । कोही चाहिँ तिखा देखिए पनि बोली मीठा । धेरैले अनेक प्रलोभन पनि देखाए । म पनि उनीहरूको आशामा डुब्थें । कैयौँपटक उनीहरूको आशामा जीवनलाई अघि बढाएँ तर उनीहरूको आस केवल मेरो शरीरसँग आनन्द लिनु थियो । उनीहरूको आसमा सयौँलाई सित्तैमा यौन प्यास मेटाएँ । कत्तिले त बिहे गरेर दुलही नै बनाएर घरमा भिœयाउँछु भनेर प्रेमको नाटक पनि गरे । तर, यी सबै कुरा वाहियात रहेछन् । पछि बुझें । यहाँ यौनइच्छा पूरा गर्नेहरूले यस्तै कुरा गर्दा रहेछन् । उनीहरूले यति धेरै माया गरेको ठानेर महिनौंसम्म सित्तैमा शरीर पनि सुम्पिएँ ।
कोही धनी बाउका त कोही गाउँबाट राजधानी पढ्न आएका किसानका डेरावाला छोरा । भर्खर १६÷१७ किशोरावस्थामा टेक्दै गरेका । त्यस्ता, घरमा दुई छोराछोरीका भएका अधवैशे पुरुषहरूको प्यास मेटाउनुपथ्र्याे । आफ्नो शरीरसँग मस्ती गरिसकेपछि मात्रै उनीहरूले आफ्ना कुरा राख्थे । हामीलाई पैसाको खाँचोले समय बर्बाद गर्ने कुरै आउँदैनथ्यो । तर, पछि उनीहरूको कुरा सुनेपछि कैयौँपटक म छाँगाबाट खसेझंै भएकी छु । तर, यो दुनियाँमा पैसा बिना के नै गर्न सकिन्छ र ? बुबासरीका पुरुषलाई ज्यान सुम्पिएँ । उनीहरूले हामीलाई मनग्गे रकम दिएर आफूअनुकूल आसन–आसनमा यौनआनन्द लिन खोज्थेँ । मानौँ कि हामी रवरबाट बनेका गुडिया हौँ । आफूले चाहेअनुसार जता जसरी दोबारे पनि हुने । उनीहरू यस्तै गर्न रुचाउँथे तर उनीहरूको यस्तो घीनलाग्दो प्रवृत्तिमाथि इन्कार गरेर कतिपटक चड्कन पनि लगाएँ । ‘तँ केका लागि आएको त्यो काम गरेर जा नत्र राम्रो हुने छैन’ मान्छे हेर्दा फिस्टो जत्रो तर उनीहरूलाई फरक–फरक स्वाद र शैली चाहिने ।
दिनमा एकथरी देखिने मान्छेहरूले रातमा अर्कै रूप फेर्छन् । चाहे ती जोसुकै होउन् । जसरी राजनीतिमा नेताले क्षणभरमै रूप फेर्छन्÷बदलिन्छन्, त्यस्तै । हामीसँग रात बिताउन चाहनेमध्ये कोही त धेरै असहिष्णु र हिंस्रक प्राणीजस्तै हमला गर्न खोज्नेहरू पनि आए र गए । तर, कुनै त त्यस्ता दुर्लभ प्राणीझंै असल र बुद्धिवान् पुरुष पनि भेटिए र केही गर्ने आशा जगाए । यौन प्यास मेटाउन आएका त्यस्ता पुरुष भन्थे, ‘श्रीमतीले यौनप्यास मेटाइनन् र छोराछोरी जन्माउनसमेत मानिनन् । त्यसैले निरास भएर यहाँ आउन बाध्य भएँ ।’ उनीहरू यो पनि भन्थे– ‘हेर, जेली अब तिमी यसरी काम नगर अरू कुनै सीपमूलक काम खोजेर सिक । बरु त्यसमा मैले सहयोग गर्नुपर्ने गरौँला ।’ उनीहरूले मेरो मोबाइल नम्बर पनि लगेका थिए । कैयौँपटक काम पाएको भनेर फोन गरे तर मैले मनलाई बुझाउन सकिनँ । उनीहरूले पछिसम्म पनि फोन गरिरहे । तर, म सहमत हुन सकिनँ । यसरी कसै–कसैले बोलेको कुरा सुन्दा घरपरिवारले पनि यसरी नै सुझाव दिएको भए, अर्कै बन्थें । कतिपयचाहिँ यौन प्यास मेटाउन पाएको भन्दै टिप्स दिएर पनि जान्थे । हामी सबै दिनहँु मर्जीको बलात्कार हुन्छौं र समाजमा बाँच्ने बाध्यताले ।
देशले हामीलाई अरूलाई झंै इज्जतसाथ समाजमा घुलाउन नसकेसम्म हाम्रो अवस्था यहीँ हुन्छ । भ्रष्टाचार गरेर विदेश सयर गर्ने नेताहरूले विदेशमा छँदा तेस्रोलिंगीको अधिकारबारे चिन्तन, मनन गरेर आए पनि लागू गर्न सक्दैनन् । सिकेर आउँछन् तर डराउँछन् । संसारमा तेस्रोलिंगीले कति ठूला काम गरेका छन् ? तर, यहाँ केवल छक्का र हिँजडाको मात्र पगरी भिराएर यौनप्यास मेटाउने गरिन्छ । यो समाजलाई मेरो भन्नु केही छैन भनेर केहीँ फाइदा हुनेवाला पनि छैन । जे जसरी भए पनि मैले काम गरेर आफ्नो पेट पालेको छु । कसैको चोरेर, लुटेर, धाकधम्की देखाएर, भ्रष्टाचार अनि दलाल गरेर हात मुख जोरेको छैन । हामीलाई त्यसरी खानु पनि छैन । हामी आफैँ आत्मनिर्भर बनेका छौँ । र, हामीलाई कसैको सम्पत्तिमाथि आँखा लाउनु पनि छैन । केवल खुसीले आफ्नो शरीर केही घन्टाका लािग भाडामा दिएर पेट पालेका छाँै । अनि देशलाई खोक्रो बनाउने भ्रष्टाचारी नेताभन्दा हामी कसरी तल्लो भयौँ । यो समाज किन यस्तो खोक्रो भएर बाँचेको होला ? बाहिर हेर्दा यति सुन्दर राम्रो छ । भित्र यसको कथा अर्कै छ, व्यथा अर्कै । सायद कसैले सोच्दैनन् होला आफ्नो छोरा, लोग्ने वा दाजुभाइ साँझपख रत्नपार्कको कुना कन्दरामा किन टेडो नजर लगाउँछन् । किन उभिन्छन्, प्रहरीको आँखा छलेर घन्टौंसम्म । यो सबै थाहा छ जो–कोहीलाई । यौन प्यासले आकुलव्याकुल भएका उनीहरूलाई तिर्खा मेटाउने हाम्रो कुनै क्षेत्र छैन । त्यसैले मैले त भन्छु, ‘किन ठमेल÷रत्नपार्कलाई रेडलाइट यरिया तोकिँदैन । आखिर दिनहँु लाखौंको कारोबार हुन्छ, केवल यौन प्यास मेट्न । आखिर सबै त्यही खोज्दै हिँड्छन् र सबैलाई त्यही चाहिन्छ । अनि किन लुकिछिपी ।’
कोही राजनीति गरेर देश बनाउने भ्रष्ट नेता, ठूला व्यापारी, कोही पत्रिकामा लेख्नेहरूसमेत यौनप्यास मेटाउन यहाँ आउँछन् । तर, आफूलाई लुकाउन खोज्छन् तर पछि उनीहरूबारे थाहा पाइन्छ, उसले के गर्दाेरहेछ भनेर । पुलिस त झन् चोर नै भइहाल्यो । यौनप्यास मेटाउनका लागि जोसुकै महिला होउन्, पाए सितैमा होटलमा लिएर जाने र उल्टो पैसा पनि खाइदिने । यतिसम्मका हुन्छन्, देशका पहरेदारहरू । उनीहरूलाई आफ्ना छोरीहरू कोसँग हिँड्छन् त्यो मतलब हुँदैन । तर, हाम्रो पिछा गरेर बिजनेस खत्तम पारिदिन्छन् । यसरी यौनप्यास मेटाउन आवश्यक पर्ने क्षेत्रलाई उनीहरूले किन ‘रेडलाइट एरिया’ घोषणा गर्दैनन् ? र, कुरा उठाउन मान्दैनन् । यो रत्नपार्क हजारौ मान्छेले कुल्ची हिड्छन् , तर रत्नपार्क हजारौंलाई यौनप्यास मेटाउँछ ।
सबैलाई लाग्छ, हामी यो देशको नागरिक र कुनै परिवारको सदस्य पनि होइनौँ । हाम्रो आफ्नो परिचय छैन । हामीसँग कुनै बुद्धि र क्षमता छैन । र, जागिर पाउँदैनाँै । र, कसैले दिन पनि सक्दैन । तर, यहाँ आउनेहरू कम शिक्षित छैनन् । आफ्नो अध्ययन अब्बल हुँदाहुँदै घरपरिवार र समाजबाट तिरस्कृत भई बीचैमा पढाइ छाडेर आएका छन् । अहिले यहाँ उनीहरूले हरेक रात ४÷५ जनालाई यौनसुख नदिई हातमुख जोर्न धौधौ पर्छ । त्यसैमध्येकी म पनि एक महिला हुँ । ३२ वर्ष पार गरिसकें अब कसैगरी पनि यो पेसालाई चटक्कै छाडेर अन्त जान सक्दिनँ । सास रहुन्जेल यो पेसाबाट उन्मुक्ति पाउने पनि छैन ।
जेली (नाम परिवर्तन)
टिप्पणीहरू