कनक, किन दिन्नौँ दनक ?

पुस्तकको नाम छ –‘कमलमणि दीक्षित, क.दी. नेपाल आमाका एक सपुत’ । ‘लेखक’रहेछन् ईश्वरविक्रम सिंह विद्यासागर । आवरण पृष्ठमा उनै दीक्षितको तस्बिर पनि छ । प्रकाशक भने जयपृथ्वीबहादुर सिंह अन्तर्राष्ट्रिय मानवतावादी संस्था, मूल्य रु ५००, पृष्ठ जम्मा ९७ । 
पुस्तकमा न लेखकको परिचय छ, न भूमिका नै ! पुस्तक पल्टाउँदै जाँदा संस्मरणात्मक निबन्धको सँगालोजस्तो लाग्यो । पढ्दै जाँदा दीक्षितको आत्मकथा छन्, बालककालका । लेखक छन् विद्यासागर, भनाइ छ दीक्षितको । आत्मपरक ती निबन्ध सायद दीक्षितले सँगालोका रूपमा प्रकाशन पनि गरिसकेका छन् । कुरो के रहेछ भने यी विद्यासागर कामपाका वडा वडामा जाँदा रहेछन् र आफू लेखक भन्दै प्रतिकिताब पाँच सय लिएर बढीभन्दा बढी पुस्तक भिडाउँदा रहेछन् । अर्काको लेखलाई आफ्नो भन्ने यी तथाकथित लेखकले सम्पादन गरेर पुस्तक प्रकाशन गरेको भनूँ भने शब्दैपिच्छे, वाक्यैपिच्छे भरमार गल्ती छ, पढ्नै दिङमिङ लाग्ने । यी लेखक चन्द्रसम्शेरका ज्वाइँ मानवतावादी जयपृथ्वीबहादुर सिंहका नातेदार पनि होलान् । यस्तालाई ठीक पार्न पत्रकार कनकमणि र कुन्द दीक्षितले किन सकेनन्, आश्चर्य लागेको छ । 

टिप्पणीहरू