​आँशु हैन, हाँसोको खेती गराँै

  • संकेत कोइराला

एक जना वैज्ञानिकले प्रयोगशालामा कान खोज्दै एउटा भिंmगा समाते । अनि मुठी खोलेर ‘उड’ के भनेका थिए, तत्काल भिंmगा उड्यो । अर्को भिंmगा समातेर खुट्टा थुती उड भने त्यो पनि उड्यो । थप भिंmगा समाएर पखेटा चुँडेर उड भने तर त्यो उडेन । यसपछि उनले निष्कर्ष निकाले– ‘भिंmगाको कान पखेटामा हुँदोरहेछ । त्यसैले त पखेडा चुँडाएर उड भनेको उडेन ।’ 

नेपाली राजनीतिको प्रयोगशाला मानिने दलीय सिन्डिकेट पनि बाक्लै यिनै भिंmगे वैज्ञानिकको निष्कर्षछेउ पुगिरहन्छ । उनीहरूका काँचा निर्णयले बारम्बार यस्तो टुंगोमा पु¥याउँछ–‘संघीयता धोका हो, नेता पत्याउने मानिस बोका हो ।’ दशकयता प्रचण्डले ल्याएको जादूगरी र उल्काका गफमा विवेकको आँखा बन्द गरेर लाचारीको ल्याप्चे लाउनु बाँकी सबै दलका नेताको दैनिकी बन्दै आएको छ । कुनै दिन उनले फरक विचारकालाई सम्मान गर्नुपर्छ भन्ने नाममा दलीय संयन्त्रको सदस्यमा पूर्वराजा ज्ञानेन्द्रलाई समावेश गर्ने प्रस्ताव ल्याए भने एक टेकमा ओके हुने पक्का छ । प्रचण्डका राजनीतिक गुरु मोहन वैद्य र होनहार कार्यकर्ता विप्लव चुनावविरुद्ध दुुन्दुभी बजाएर बसिरहेका छन् ।

समस्याको निदान खोज्नुभन्दा समाधानमा समस्या खोज्नुु यस्ता पात्रको स्वभावजन्य वर्गीय धर्म हो । तर, प्रचण्ड–वैद्य–चन्दको मानसिक तारको दूरी कति नजिक छ भन्नेतर्पm कसैको ध्यान जान सकेको छैन । फोनमा त अप्टिकल फाइबर हुँदै वेबको जमाना आइसक्यो भने छिनभरमा परिवर्तन हुने मानिसको मन कतिबेला कहाँबाट सञ्चालित हुन्छ भन्न सकिँदैन । ६ दशकसम्म प्रजातन्त्रका लागि लडेका गिरिजाप्रसाद लहरे फोनमा अल्झिरहँदा स्याटेलाइट फोनबाट राजनीतिक बिजनेस गर्ने प्रचण्ड कुन हदसम्मको चलखेल गर्न सक्छन् भनेर कांग्रेस, एमाले र मधेसी नेता निर्णय गरेको ६ महिनापछि मात्र बुझ्ने औकातका छन् । गफका क्रान्तिकारीहरू प्रयोग हुन र प्रयोग गरिन कतिसम्म आज्ञाकारी हुन सक्छन् भन्ने भेउ मालिकले ती पार्टीमा गरेको रजगजबाटै थाहा हुन्छ । फगत हाम्रो चाहना माओवादी चलाखी देश जनताको हितमा भइदिए हुन्थ्यो भन्ने कामना मात्र हो । राज्यले आतंककारी करार गर्दा त राज्यकै संयन्त्रमा विषवृक्ष रोप्न सक्ने माओवादी अहिले सिंढी उक्लने हैन, फड्किनेका लागि स्वर्ग बन्दै आएको छ । उसको राजनीतिक रोडम्याप स्वर्ग र नर्कका बीचमा बसेर व्यापार गर्नु हो । शेरबहादुर नेतृत्व सरकारको राजीनामा माग्न पछि नपर्ने माओवादी मन्त्रीहरू बिनाविभागीय नामको अपमानजनक फुर्को ओढेरै भए पनि बसिरहेका छन् । नैतिकताहीन र नकचरो राजनीति संस्थागत बन्दै गएको योभन्दा नांगो उदाहरण अरू के होला ?

सिंहदरबार गाउँ सारेको हल्ला देशभर फिँजाएर माझी सल्लाहमा दिन कटनी र मानो पचनी गर्दै आएका नेताका लागि अबको रोडम्याप त्यति सजिलो छैन । हरेक दल अब मादल, पैदल, जोरपाटी, क्षेत्रपाटी, भत्केको पाटीमा परिणत भइसकेका छन् । नेता गुठी प्रमुखमा रूपान्तरण भएका छन् । वडादेखि केन्द्रसम्म दलाली र सुराकी मौलाउँदो छ । नेताको सत्कर्मले हैन, राजनीतिको धर्मले देशको अस्मिता यतिसम्म जोगिएको छ । मान्छेको रगत चुस्ने लामखुट्टे पनि त्यति निर्दयी हुँदैन कि कमसे कम ऊ आउँदा झँुउउउ गरेर सतर्क गराउँछ । विवेकहीन रेसम किरो मर्दा पनि मान्छेको आङ ढाक्ने कपडा दिएर वर्षौंसम्म आपूmलाई अमर गराउँछ । तर तीन करोड जनताको व्यवस्थापन गर्न भनेर राजनीति गर्नेहरू किन गाली गर्न पनि नसुहाउने नालायक बन्दै छन् ? 

पेट सारंगी भएकाहरूका लागि एकमुठी माड, आङमा भ्वाङ परेका लागि एक शरीर टालो र तिर्खाएकाहरूका लागि एक गिलास जल नै लोकतन्त्र हो । अरू बाँकी परिभाषा त राजनीतिका नाममा बकबास गर्नेहरूले कन्याउने सुकेलुतो मात्र हो । तिनीहरूलाई के थाहा सत्य मान्छेपिच्छे फरक हुँदैन । ती पटमूर्खहरू अनुहारमा पोतिएको कालो देख्दैनन् तर रातदिन ऐना पुछिरहन्छन् । चारपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा साथीभाइसँग भन्छन् रे– ‘मैले तीन नेताबाट एक एक गुण सिकेको छु । किसुनजीबाट रक्सी खान सिकें । गिरिजाबाबुबाट चुरोट खान सिकें । गणेशमानजीबाट अन्टसन्ट बोल्न सिकें ।’ गिरिजाप्रसादलाई हेलिकोप्टरमा उडाएको भरमा सेनाका कर्णेल नारायणसिंह पुन केन्द्रीय राजनीतिमा पुगे । गिरिजाप्रसादको कमजोरीमा खेल्न जानेका प्रचण्ड उनकै शब्दमा राजनीतिको ‘भाले’ भए ।

तर विडम्बना, शेरबहादुरले बिँडी तान्न सिकेछन् । त्यसै पनि शेरबहादुरका विषयमा धेरै जोक छन् । त्यसमध्येको एउटा यस्तो छ– उनलाई आधारातमा चुरोट खाने तलतल चलेछ । चुरोट गोजीमै रहेछ । झिकेर मुखमा राखेछन् । सलाई खोजेछन्, पाएनछन् । लाईटर खोजे, त्यो पनि भेटेनन् । ओछ््यानका पत्र पत्र पल्टाए, लुगा, ¥याक सवै ठाउँ हेरे, अहँ छैन । अनि दिक्क मानेर अगाडि रहेको मैनबत्ती झ्याप्पै निभाएर सुतेछन् । लाटो तीनपल्ट हाँस्छ रे । पहिलो बुझ्दै नबुझी अरू हाँसेको देखेर, दोस्रो यथार्थ बुझेर, तेस्रो अगाडिको अवस्था सम्झिएर । नेताको ताल त यस्तो छ भने तिनीहरूले भाग्य बनाइदिएर सुखी हुनुपर्ने जनताको हविगत कुन हालतमा होला ? मान्छेको अनुहारमा रहेको नाक अंग मात्र हैन । यो इज्जतको प्रतीक पनि हो । यसमा ठेस लाग्यो भने जितेका धेरै खेल हारिन्छ । प्रतिष्ठाको नाक हराउँदा कस्तो पीडा हुन्छ भन्ने तथ्य कोरियालीहरूले भोगेका छन् । 

विश्व इतिहासमा सन् १५९७ मा जापानी सेनाद्वारा कोरियाली प्रायद्वीप कब्जा गरेको घटना उल्लेखनीय रूपमा आउँछ । अनि त्यस समय जापानीले गरेका बर्बरताका घटना पनि प्रचलित छन् । यसै प्रसंगमा जापानी सैनिकहरूले एक लाख कोरियाली मारेका थिए । त्यसताका जुन जापानी सैनिकले बढी कोरियाली सैनिक हत्या गर्न सक्यो, उसलाई ठूलो पुरस्कार दिइन्थ्यो । तर आपूmले गरेको हत्याको प्रमाणस्वरूप मारिएका कोरियालीहरूको नाक बुझाउनु पथ्र्यो । अन्यथा पुरस्कार पाइँदैनथ्यो । ती सैनिक अधिकारीहरूसंग काटिएका नाकको ठूलो भण्डार भइसकेको थियो । जापानको योकोहामामा भेटिएको चिहानमा २० हजार कोरियाली सैनिकको नाक गाडिएको थियो । 

राजनीतिमा आपराधिकरण नेपाल मात्र हैन, विश्वमै चासोको विषय हो । अपराधको माखेसाङ्लोबाट गुज्रिनु नियति बन्दै आएको छ । लागू औषधका तस्कर, हत्या, हिंसा र आपराधिक क्रियाकलापमा लागेका मानिसहरू, माफियातन्त्रको नेटवर्कमा काम गर्नेहरू जघन्य अपराधबाट बच्न राजनीतिमा लागेका हुन्छन् । यिनीहरूको पहुँच समाजका ठुल्ठूला क्षेत्रमा हुने भएकाले पैसाका आडमा आपूm अनुकूल देशका नीति, नियम र कानुन बनाउन सक्षम हुने गरेका छन् । त्यसो त कतिपय देशका राजनीतिक दलहरू अवैध संगठनहरूसंग अवैध रकम लिन्छन् । बहुराष्ट्रिय कम्पनीहरूले आपूmअनुकूल सरकार नभएमा सरकारकै तख्ता पलट गरिदिएका थुप्रै उदाहरण छन् । यस्ता कम्पनीहरूले एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकी देशहरूमा भ्रष्टाचार बढाइदिएका छन् । अरू त अरू वाटरगेट काण्डले निक्सनलाई खायो । जापानका प्रधानमन्त्री काकुई तानाकाले चुनावका लागि घुस लिएको आरोपमा पदबाट हात धुनुप¥यो । भारतमा झारखण्ड मुक्तिमोर्चाका सांसदहरूलाई खरिद गर्न आर्थिक चलखेल गरेको भनेर प्रधानमन्त्री पीभी नरसिंह रावले अदालत धाउनुप¥यो । वोफोर्स काण्ड, चारा आहारा काण्डमा भारतका मै हुँ भन्ने माइकालालहरू पनि बाँकी रहेनन् । बेनजिर भुट्टो पतिको मर्यादाहीन आचरणका कारण बद्नाम भइन् । हालै चीनका एक मन्त्री फाँसीका लागि योग्य ठहरिए ।

तर यसो भन्दैमा निराशा नै निर्विकल्प होइन् । एउटा सपना भाँचिएसंगै अरू अनन्त सपना जोडिन्छन् । जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ । एउटा सपना टुक्रिने अनि अरू नजोडिने हो भने मानव सभ्यता उहिल्यै डाइनोसर भइसक्ने थियो । जर्मनीको एक कम्पनीले हालै यस्तो कलम बनाएको छ, जसले तपाईंले लेखेको कुरा गलत भएको खण्डमा जनाउ दिन्छ । यो कलमले कागजमा लेख्दा यसमा रहेको सेन्सरले हातको चालका साथै अक्षरको आकार पहिचान गरेर शब्द सही भए नभएको पत्ता लगाउँछ र भाइब्रेसनको माध्यमबाट सचेत गराउँछ । विदेशी सहायता कम गरेरै भएपनि यहाँको सरकारलाई यो कलम दिइयोस्, ताकि उनीहरूको संकल्प झुटको पुलिन्दा हुनबाट जोगियोस् ।
 
माइकमा फिँज काढेर बोल्न जान्दैमा नेता कहलिँदैन । मान्छे बटुलेर भाषण त चटकेले पनि गर्छ । तपाईं आध्यात्मिक पाना पल्टाउनुस् त एउटा राजनीतिक व्यक्ति चाणक्य उपनिषद्, वेद, व्याकरण, गणित, अर्थशास्त्र, राजनीतिशास्त्र, शास्त्र विद्या, दर्शन, ज्योतिष र रसायनमा विज्ञ थिए । नबिर्साैं दुराचारीको कुल, मूर्खको रूप, अयोग्यको विद्या र भोग नगरिएको धन नाशवान छन् । प्रकृतिले सुनमा सुगन्ध, उखुमा फल, श्रीखण्डमा पूmल किन लगाएनन् ? हेर्नुस् त माटोले पूmलको बास्ना लिन्छ तर पूmलले माटोको बास्ना लिँदैन । 

कुवाको पानी र ज्ञान उस्तै हो । जो कहिल्यै झिकेर र बाँडेर रित्तिदैन । त्यसै पनि मानव जीवन आस्था हो, विश्वास हो । बहस होइन । कसैले भनेका छन– मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस् । लेख्नुअघि दुईपल्ट सोच्नुस । केही काम गर्नुअघि तीनपल्ट सोच्नुस् । संसारमा सवैभन्दा मूल्यवान तरल पदार्थ आँसु हो । जसमा १ प्रतिशत पानी र ९९ प्रतिशत भाव हुन्छ । त्यसैले आँसु हैन, हाँसोको खेती गरौं । रुँदा एक्लो परिन्छ । हाँसोमा सबैले साथ दिन्छन् । संसारको सबैले बुझ्ने भाषा हाँसोबाहेक अरू के छ र ?

टिप्पणीहरू