​शिर झुकाउने काम नहोस् सरकार !

दुईतिहाइ बहुमतप्राप्त शक्तिशाली प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो विदेश भ्रमणका रूपमा प्रधानमन्त्री केपी ओली भारत जाँदै छन् । उनको यो यात्रा धेरै अर्थमा महŒवपूर्ण छ तर त्यसलाई उपलब्धिमूलक बनाउन जे–जस्तो तयारी र छलफल आवश्यक पथ्र्यो त्यो गम्भीरता नेपाली पक्षले महसुस नगरेझैं देखिएको छ ।

हो, भारतसँगको निर्भरता र उसले बेलाबखत गर्ने गरेको हेपाहापूर्ण व्यवहारले ओलीलाई मागको सूची बोक्न दिँदैन । किनकि अन्यायपूर्ण तवरले भारतबाट भएको नाकाबन्दीको प्रतिरोधका कारण उनीप्रति जनतामा बढेको विश्वासलाई दिल्लीको चरणमा सुम्पनु हुँदैन । सहअस्तित्व र आपसी लाभका विषयमा मात्र छलफल गर्ने, भ्रमणलाई सम्बन्ध प्रगाढ बनाउने अवसरको रूपमा प्रयोग गर्ने विशिष्ट प्रकृतिको क्रमभंगतामा छलफल थाल्ने खालका कूटनीतिक तयारी जरुरी थियो । ओलीको भ्रमण तालिका हेर्दा उनले त्यहाँ खुलेर र रमाइलो गर्दै समय व्यतित गर्न नचाहेको देखिन्छ । यसले भ्रमणलाई केही गहन त देखायो होला तर यसरी रूपमा मात्र गह्रौं भएर हुँदैन । नेपाली प्रधानमन्त्री जबसम्म भारत भ्रमणमा जाँदा ठूल्दाइ भेट्न गएजस्तो भान नपारी एउटा मित्रकोमा पाहुना लागेजस्तो गर्न सक्दैनन् तबसम्म नेपाललाई हेर्ने भारतीय नजरियामा ठूलो परिवर्तन आउँदैन । सामान्यतया भारतले नेपाललाई ‘अँगनाकी गंगा’ जस्तो गरी लिने गरेको छ ।

त्यसैले बेला मौका फोहोर फाल्न हिच्किचाउँदैन अनि चाहिएको बेला त्यहींको पानी तताएर खान पनि तयार हुन्छ । यसरी उसको मनखुशी चलाउने मुलुकको रूपमा अब नेपाललाई नहेर र यदि त्यसरी हे¥यौ भने त्यो भ्रम सावित हुनेछ भन्ने कुराको जानकारी दिनु जरुरी छ । बुझ्नै पर्ने कुरा के हो भने भारतलाई शत्रु देखेर, सम्झेर बस्यौं भने त्यसले अप्ठ्यारो पार्ने हामीलाई नै हो । मित्र भन्दै बिना संकोच अँगालो हाल्यौं भने कुन बेला पछाडिबाट छुरा धसिन्छ पत्तो हुँदैन । त्यसैले एउटा निश्चित दूरी राख्दै औपचारिक सम्बन्ध कायम राख्नुमै देशको भलाइ छ । आफ्नो भूमि भारतका लागि किन र केमा महŒवपूर्ण छ भन्ने कुरा मात्र बुझेर उनीहरूसँग त्यहीअनुरूप व्यवहार ग¥यौं भने अपमानित वा लघुताभाषको अनुभूति गर्नु पर्दैन । होइन, हरेक कुरामा आशीर्वाद खोज्ने र दिल्लीलाई मक्का–मदिना नै सम्झने हो भने नेपाल र नेपाली भारतीय हस्तक्षेप, दासतापूर्ण व्यवहार र बेलामौकामा भइरहने अनेकौं आक्रमणबाट मुक्त बन्न सक्दैनन् । प्रधानमन्त्रीले विवेकपूर्ण ढंगले आफूलाई दिल्लीमा प्रस्तुत गरुन् । नेपालीको शिर नझुकोस् !

टिप्पणीहरू