​कति घिनलाग्दो काम

जनताका छोराछोरीले फलामे ढोका मानिने एसईईको परीक्षा दिँदा प्रश्नपत्र बाहिरिएर पाउनु, नपाउनु अनेकन कष्ट भोगे । चिट चोरेकै नाममा कतिपय परीक्षा केन्द्रबाटै निलम्बित पनि भए । तर, यस्तै मामिलामा सेनाभित्र कतिसम्म आपत्तिजनक र घृणित काम हुन्छ भने, सुन्दा पनि रिस उठ्ने । 

यस्तो धन्दामा सेनाका एकजना कर्णेलको संलग्नता प्रमाणित भएपछि उनीमाथि कोर्टअफ इन्क्वायरी चलिरहेको छ । सैनिक संग्रहालयसँगै छाउनीमा सेनाको एउटा संस्था छ, ‘शिक्षण पक्ष’ नामको । जसले प्लस टुको पनि पठनपाठन गराउँदैछ । आफूभित्रका सय जना विद्यार्थी भर्ना लिइन्छ । सेनाभित्र सेकेण्ड क्लास गरिसकेकोलाई फस्र्ट क्लासको कोर्ष गराउने, एसएलसी गरेकोलाई पनि माथि उकास्ने काम त्यो संस्थाको हो । सुविधा कतिसम्म भने, जाँच दिन जानेलाई आरामसँग चिट चोर्न दिइने !

अध्ययनको लागि भर्ना भएकालाई आरामसाथ आउट छोडेर उनीहरुको नाममा आउने राशनपानी हाकिमले खाने । त्यहाँ सैनिक लजिष्टिक, रोमन नेपालीको जाँच लिइन्छ । एसएलसी गरेकै भरमामात्र भत्ता खान नपाइने नियम छ । तर, त्यहाँको जाँच पास भएर फस्र्टक्लास भएपछि भत्ता पाइन्छ । सेनामा पढाई कमजोर भएकालाई एक वर्ष पढाएर यो परीक्षा लिने मौका दिइन्छ । पहिला सेकेण्ड क्लासकालाई पनि यस्तो सुविधा दिइन्थ्यो । तर, अहिले फस्र्टक्लासकालाई मात्रै उपलब्ध छ । सात–आठ महिनादेखि इन्फेन्ट्रीतर्फका कर्णेल विदुर अधिकारी त्यहाँ कार्यरत थिए । भर्ना छनोटमा बसेदेखिनै खानेबानी लागेका यिनैमाथि हो, अहिले यस्तो मनोमानी चलाएको कारण कोर्टअफ इन्वायरी शुरु भएको ।
 

टिप्पणीहरू