बिचौलिया रोक्न वैदेशिक रोजगार विभागको नयाँ जुक्ति

बिचौलिया रोक्न वैदेशिक रोजगार विभागको नयाँ जुक्ति

बिचौलिया रोक्न एकपछि अर्को उपाय अवलम्बन गर्दै आएको वैदेशिक रोजगार विभागले ‘विद्युतीय गेट’ निर्माण गरेको छ । विभागमा अनावश्यक व्यक्ति प्रवेश गरी सेवाग्राहीलाई दुःख, हैरानी दिने क्रम नरोकिएपछि विद्युतीय गेट राखिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले अनावश्यक व्यक्ति तथा बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाउन विद्युतीय गेट राख्नुपरेको बताए । यसले एजेन्टहरुको पहिचान गरी उनीहरुलाई कार्यालय प्रवेशमा रोक लगाउन सहज हुने उनको भनाइ छ ।

‘अनावश्यक व्यक्तिहरु विभागमा प्रवेश गर्न नदिन विद्युतीय गेट राखेका हौं । अब त्यस्ता व्यक्तिहरु आएमा पहिचान गरी कारबाही गर्न सहज हुनेछ,’ सूचना अधिकारी सुवेदीले भने । उनका अनुसार गेट राखिएसँगै विभागभित्र प्रवेश गर्ने सबैको इन्ट्री हुन्छ । 

जसका कारण कोही मान्छे लगातार चार–पाँच दिनसम्म विभाग आएमा बिचौलिया भनी थाहा हुनेछ । बिचौलियाको बिगबिगी बढेपछि विभागले यसअघि कर्मचारीलाई समेत प्रवेशका लागि परिचयपत्र अनिवार्य गरेको थियो ।

टिप्पणीहरू