किन यता नजर पुगेन कमरेड ?
हामी हाम्रै कारणले कति पछाडि छौँ भन्ने कुराको इतिहासदेखि वर्तमानसम्मका दृष्टान्त हेरौँ न !
स्वतन्त्र, सार्वभौम राष्ट्र भनेर के गर्नु ? भूपरिवेष्ठित, दुई ठूला छिमेकीको चेपुवामा छौँ । तुरुन्तै अरु देशसँग हाम्रो सिमाना पनि जोडिँदैन । सिमाना जोडिने अर्को देश छिट्टै पुग्न वीपीले २०१६ सालमै शिलान्यास गर्नुभएको सिन्धुली–बर्दिवास सडक पचास वर्ष लगाएर बल्ल केही वर्षअघि सञ्चालनमा आयो । सडक वर्षौंपछि बन्यो, त्यो पनि साँघुरो एक–दुई लेनको । यसो हुनुको कारण हो, भारतीय बुझाईमा समस्या । उसलाई लाग्यो, उत्तरबाट चिनियाँ टंयाक आउँछ र दक्षिणमा हान्छ । बीपीका भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदा अप्टिकल फाइबर जडान गर्ने योजना बन्यो, चीनले त्यो काम पाइसकेर पनि रद्द भयो † कसरी भने, तत्कालिन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयी र उहाँबीच हैदरावाद हाउसमा एकल वार्ता भयो र चीनको हातबाट उक्त ठेक्का खोसियो ।
रह्यो प्रसंग उत्तरको । कसले कल्पना गरेको थियो, ०७२ वैशाख १२ मा त्यति ठूलो भुइँचालो आउँछ र एक मात्र तातोपानी नाका बन्द हुन्छ भनेर ! विकल्प थियो, केरुङ । केरुङ शहर बन्नुअघि नै बनेको त्रिशुली जोड्ने ककनीको बाटो थियो । त्यो भरपर्दो विकल्प पनि हो । यसअघि नै रसुवा र नुवाकोट जोड्ने बालाजु–ककनी–रानीपौवाको त्यो बाटो जीर्ण भैदियो । बाध्यतावश गल्छीको उबडखाबड बाटोबाट चीनको पेट्रोलियम पदार्थ आयात गर्नुप¥यो । भूकम्पलगत्तै भारतले नाकाबन्दी लगाइदियो ।
भूकम्प आएको चार/पाँच महिनामा केरुङको बाटो कामचलाऊ बन्यो । ३० किलोमिटर खण्डको बालाजु–ककनी–रानीपौवा बाटो बनाउने भनी ०६८ सालमै ठेक्का हात पार्ने पात्र हुन्– नेकपा अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी । उनले ०७१ सालमै त्यो काम सक्नुपर्ने थियो तर अहिलेसम्म सुरसार छैन । डेढ किलोमिटरभित्र निकुञ्जले ओगटेको पाँचवटा उत्तिसको रुख काटेर र पाँचवटा ट्रकबाट ढुंगा हुत्याएर पुग्ने बाटो बन्न यत्रो महाभारत छ । जम्मा ३० किलोमिटरको दूरी । ट्राउट माछा, चेरीको उत्पादन हुने, राजधानीनजिकैको पर्यटकीय गन्तव्य पनि । हेर्दा सामान्यझैँ लाग्ने तर भित्री कुरा छ, दुई देश तुरुन्तै स्थलमार्गबाट जोडिने । ती मामिलामा राष्ट्रिय गौरवको आयोजना भनेर किन महŒव दिइँदैन ? किन हेलचेक््रयाईं गरिन्छ ? काम किन हुँदैन, दण्डित कोही किन हुँदैनन् ? मे पहिलो तारिख, मजदुर दिवसको दिनदेखि तातोपानी नाका खुल्ने भनेको, अझै खुलेन । चीनतर्फ सबै पूर्वाधार तयार भइसक्यो । तर, नेपालतिर जस्ताको तस्तै छ । रसुवाकै पनि टिमुरेको आफ्नो भागमा चिनियाँ सरकारले भव्य महल, भन्सार यार्ड, बन्दरगाह बनाइसक्यो । नेपालतिर उही ताल छ, झुप्रोको बास । किन ध्यान दिइन्न ?
टिप्पणीहरू