​त्यस्तरी फसाउने तरिका

नेतालाई काइते कर्मचारीले कसरी फसाउन खोज्छन् भन्ने अर्को उदाहरण हेरौँ, माधव नेपालको हकमा । 

अहिले चर्चामा आएको बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा तत्कालिन सचिवका हैसियतले दीप बस्नेतले फाइल लेख्दा नै काइते भाषा प्रयोग गरिएको पाइएको छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवासमा पटक–पटक भएको छलफलअनुसार, प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार’ जस्ता शब्द हालेर उनले माइन्युट लेखेका छन् । जबकि कुनै पनि निर्णय पुस्तिकामा कानुनी प्रावधान, विधि, नीति र नियमभन्दा बाहिर गएर टिप्पणी लेखिँदैन । त्यसमाथि फलानो ठाउँमा, चिलानोले भनेअनुसार भनेर त झनै लेखिँदैन । अरुले त लेखे÷लेखेनन्, शाखा अधिकृतबाट जागिर खाएर सचिवसम्म भइसकेको मान्छे, जो अख्तियार प्रमुख चलाएर अहिले थान्को लागेका छन्, त्यस्ता मान्छेले त्यस्तो भाषामा माइन्युट लेख्नुको अर्थ के हुन्छ ? आफू उम्किन र नेता फसाउन हैन ? माइन्युटमा लेख्ने भाषा त्यो हो ? यसरी काइते भाषा हालेर माधव नेपाललाई तान्न खोजिएको भन्दै कोटेश्वरमा नियत खोतल्ने काम शुरु भएको छ ।

सँगसँगै अचम्मको कुरा, ०२३ सालमा सुवर्ण समशेरको जमिन अधिग्रहण गर्ने सूचना प्रकाशित भएको थियो । हकवालाहरुलाई दावी गर्न आउनु पनि भनिएको छ । तर, कुन निर्णयका आधारमा अधिग्रहण गरियो भन्ने कागजात देखिएको छैन ।

टिप्पणीहरू