​नपोखेको चिन्ता, नदेखाएको चासो

‘विश्वास’ कस्तो चिज रहेछ भने, जात, भूगोल र लिंगले पनि निर्धारण गर्ने ! भारतले नेपालसँग कुनै पनि रणनीतिक महŒवको, संवेदनशील वार्तामा मुस्लिम समुदायका प्रतिनिधि पठाएको इतिहास पाइँदैन, नेपालले पनि मधेसी मूलका प्रतिनिधिलाई त्यस्तो वार्ता वा छलफलमा सामेल गरेको छैन । किनभने यस्तो भेटघाटमा मदरसा, सिमानामा आतंकवादी गतिविधि, नक्कली भारु, आइएसआइ गतिविधिका कुरा आउँछन् । जसरी भारतीय सेनामा बरु पहाडेमूलका नेपाली जनजाति छन् र मधेसीमूलका मानिसको प्रवेश छैन । चीनसँग पनि महŒवपूर्ण वार्ता गरिँदा मधेसीमूलका कर्मचारीलाई समावेश गरिएको भेटिन्न ।

तर, यसचोटि अचम्म भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको रेकी टिममा शीतल निवासबाट मधेसीमूलको र भ्रमण दलमा पनि मधेसीमूलका सल्लाहकारहरुको सहभागिता रह्यो । गर्दागर्दै कहिलेकाँही कस्तो कैफियत निस्कँदो रहेछ भने, युरोपेलीहरुको प्रायोजनमा सडकतिर दौडिरहने प्राध्यापक कपिल श्रेष्ठका फ्रि तिब्बत र महान् दलाई लामा भन्ने साथीहरु त्यहाँ देखिँदा चिनियाँ अधिकारीहरु झस्किनु स्वाभाविक थियो । त्यही बेला राससले यता दलाई लामासम्बन्धी फिचर हाल्दै थियो तर चिनियाँ विशेषता नै हो, ती चिसा हुन्छन् र सितिमिति असन्तुष्टि पोखिहाल्दैनन् । 

चीन भ्रमणका क्रममा सम्माननीय राष्ट्रपति आफैँले मदन भण्डारीको जन्मस्थल र चीनसँग जोडिएको जिल्ला भएको नाताले त्यहाँका सांसद योगेश भट्टराईलाई नाम थपेर साथै लग्नुभएको थियो । 

टिप्पणीहरू