​भिभिआईपीको जहाज तयार

कमिशनको चक्कर, शक्तिकेन्द्रको अनुचित प्रयोग र राष्ट्रपतिसमेतलाई बद्नाम गर्न खोजिएको एउटा हेलिकोप्टरले बल्ल नेपालको फन्को मार्न पाउने भएको छ ।

पार्टपुर्जा र पैसाको लफडामा महिनौँदेखि थन्केर बसेको अगुस्ता वेष्टल्याण्ड हेलिकोप्टरको मामिला हो यो । इटाली र ब्रिटिश कम्पनीको साझेदार परियोजनाअन्तर्गत बनेको उक्त हेलिकोप्टर ठूलो आर्थिक भारपछि नेपाली आकाशमा उडानका निम्ति तयार भएको छ । सम्भवतः त्यसले अर्को सातादेखि राष्ट्रपतिको उडान भर्ने छ । सम्पूर्ण पार्टपुर्जा किन्दा, सामान आउन ढिलाई हुँदा, अर्थात् ढिलाई र डलरको भाउमा आएको उतारचढावका कारण ६ करोड दण्ड तिरेर बल्ल नेपाल सरकारको स्वामित्वमा आएको छ । आठ महिनासम्म त्यसै थन्किएर बसेको थियो । अर्को, हेलिकोप्टर १४ दशमलव एक मिलियन डलरमा ल्याउने अर्डर पनि भएको छ । यो वर्षको अन्त्यसम्ममा उक्त हेलिकोप्टर आइसक्ने अर्थस्रोतको दावी छ । प्राकृतिक प्रकोप र विशिष्ट व्यक्तिको उडानमा यसको प्रयोग हुन्छ । एउटा अस्ति सोमबार परीक्षण उडान गरेको छ । सम्भवतः अर्को हेलिकोप्टर राष्ट्रपति, प्रधानमन्त्रीहरुको उडानमा मात्र प्रयोग हुने छ । 

त्यस्तै, नेपाली सेनाका दुई तारे जर्नेल गौरव तण्डुल तीनतारेमा बढुवा भएपछि रिक्त तालिम हेर्ने महानिर्देशनालय (डिजिएमटी) मा शशिबहादुर सिंह गएका छन् भने उपत्यका पृतनामा निरञ्जन श्रेष्ठ पुगेका छन् । फास्टट्रयाक निर्माणको काम हेर्ने योगेन्द्र खाँणले भने असारमा अवकास पाउने छन् । 

टिप्पणीहरू