हेलिकप्टर खसेको भिडियो खिच्ने मोबाइलको ‘फरेन्सिक जाँच’

हेलिकप्टर खसेको भिडियो खिच्ने मोबाइलको ‘फरेन्सिक जाँच’

भारतको दक्षिणी राज्य तमिलनाडुमा भएको सेनाको हेलिकोप्टर दुर्घटनाअघि भिडियो खिचिएको एउटा मोबाइलको फरेन्सिक जाँच हुने भएको छ । जोय नाम गरेका एक जना युवकले हेलिकोप्टर दुर्घटना हुँदै गरेको दृश्य आफ्नो मोबाइलमा कैद गरेका थिए ।

गत बुधबारको उक्त हेलिकोप्टर दुर्घटनामा सीडीएस विपिन रावतसहित १३ जनाको ज्यान गएको थियो । चालक क्याप्टेन वरुण सिंहको अस्पतालमा उपचार भइरहेको छ ।

त्यस दिन जोय र उनका साथीहरु दुर्घटनास्थल नजिकै गएका थिए । घना जंगलमा भएको उक्त दुर्घटना, मोबाइलको भिडियो र उनीहरु त्यहाँ जानुपर्नाको कारण खोतल्न प्रहरीले फरेन्सिक जाँच गर्न लागेको हो ।

तर भिडियो खिचेका जोयले आफूहरु जंगलमा घुम्न गएको र त्यही बेला माथि उड्दै गरेको हेलिकोप्टरलाई त्यत्तिकै खिचेको बताएका छन् । तर सेनाका उच्चअधिकारीहरुको निधन भएको उक्त घटनालाई संवेदनशीलतापूर्वक लिँदै प्रहरीले अनुसन्धान गर्ने क्रममा मोबाइलमा ध्यान दिएको बताइन्छ ।

टिप्पणीहरू