आऊ अब धनियाँ खाऊ
मासु या कुनै तरकारी पकाउँदा स्वाद निकाल्न शुरुमा बेस्कन तेजपत्ता भुटिन्छ । अन्तिममा धनियाँ हालेर त्यसलाई ड्रेसिङ गरिन्छ । खानेले चपाउन झ्याउ लागेर थालबाट तेजपत्ता फ्याँक्छन् र पछि थपिएको धनियाँको स्वादमा वाहवाह गर्छन् । अहिले नेकपा होस् वा नेपाली कांग्रेस– सबैतिर पाइन्छ धनियाँप्रवृत्ति !
अर्थात्, मूलधारका राजनीतिक दलमा योगदान दिएकाहरुलाई दूधको झिँगाजस्तो टिपेर फ्याँक्ने प्रचलन व्यापक छ । पहिला एमालेमा सिष्टम थियो । राज्य व्यवस्था समितिले को मान्छे कस्तो भनेर सिफारिस गथ्र्यो । उसको पृष्ठभूमि, पारिवारिक, वर्गआधार, कार्यक्षमता, पार्टी अभिलेख सबै कुरा भिडाएर उपयुक्त हो÷होइन भन्ने निक्र्यौलका आधारमा सांगठानिक वा राजकीय जिम्मेवारी दिइन्थ्यो । सोको बाबजुद पनि नेशनल ट्रेडिङका कर्मचारी फुत्तफुत्त प्रधानमन्त्रीको सल्लाहकार पनि बने । आन्दोलनमा लागेकाहरु कुँजिएर बसे । पार्टीको कुन नेतालाई भन्दा काम हुने ? पत्तो छैन । र, साँझ–विहान नेताकहाँ धाउने धनियाँहरुको पनि कमी छैन । नेताहरु कसैको सुझाव लिँदैनन् । आलोचना सुन्ने त बानी नै छैन । पहिला नियुक्ति हुन्छ, पछि बल्ल बायोडाटा मागिन्छ ।
यस्तै एउटा इतिहास छ– राजा महेन्द्रका पालामा तत्कालिन प्रधानमन्त्री कीर्तिनिधी विष्टले आफन्त लीलाराज विष्टलाई बडाहाकिम बनाउन सिफारिस गरे । रेडियोले नाम फुक्यो । छट्टु लीलाराजले त्यो मैँ हुँ भन्दै नियुक्तिपत्र बुझेर हिँडे, वास्तविक लीलाराज हेरेका हे¥यै । कीर्तिनिधीले यो कुरा थाहा पाएपछि होइन भने, तर राजाबाट हुकुम प्रमांगी लिएर गएपछि कसको के लाग्थ्यो र † त्यसपछि दरबारमा अभिलेख प्रणाली लागु भयो ।
अहिले पनि त्यो अवस्था विद्यमान छ । संघीयता भनिएको छ । चलाउने अफिस छैन, घर छैन, कर्मचारी र साधनस्रोत पनि छैन । कुन काम कति र कहिले गर्ने भन्ने प्राथमिकता निर्धारण पनि हुँदैन । देखेजति सबै ठाउँमा हात हालिएको छ, तर काम कतैका बनिरहेका छैनन् ।
टिप्पणीहरू